काठमाडौं । सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त भएका छन् । नवनियुक्त न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल हुनुहुन्छ । न्यायपरिषद्को सिफारिसमा उहाँहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेको शीतलनिवासबाट बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सुवेदी, मुसलमान, पौडेल र ढुंगाना उच्च अदालतका न्यायाधीश हुनुहुन्छ भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुनुहुन्छ । सर्वोच्चमा अझै एक न्यायाधीश पद रिक्त छ । सर्वोच्चमा २१ न्यायाधीशको दरबन्दी छ । लामो समयदेखि न्यायाधीश संख्या अपुग हुँदा न्याय सम्पादनको काम प्रभावित भएको गुनासो हुँदै आएको थियो ।
बुधबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले ६ न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । न्यायपरिषद्को सिफारिसपछि उहाँहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो । न्यायपरिषद्ले मंसिर ५ गते उहाँहरूको नाम सिफारिस गरी संसदीय अनुमोदनका लागि पठाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच