पोखरा । केपी ओली कप क्रिकेटको फाइनलमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनलमा जित हात पार्दै दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन् । दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबलाई ११ रनले हराउँदै मधेशले फाइनलमा स्थान बनायो ।
जितका लागि १९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा नौ विकेट गुमाउँदै १८६ रन बनायो । एपिएफका सन्दीप जोराले ३१ बलमा तीन चौका र पाँच छक्कासहित ५४ रन बनाउनुभयो । प्रदीप ऐरी ४२ बलमा तीन चौका र चार छक्कासहित ५५ रनमा आउट हुनुभयो ।
मधेशको जितमा ओपनर अनिल शाहले ३६ बलमा दुई चौका र ६ छक्कासहित ५७ रनको उत्कृष्ट इनिङ खेल्नुभएको थियो । शीर्षक्रमका ब्याटर इमरान शेखले ३२ बलमा तीन चौका र चार छक्कासहित ५० रन बनाउनुभएको थियो ।
ओपनर तथा कप्तान हरिशंकर शाह १२ बलमा एक चौकासहित १० रनमा आउट हुनुभयो । दोस्रो विकेटका लागि अनिल र इमरानले ९२ रनको साझेदारी गर्नुभएको थियो । पवन सर्राफ १९ बलमा चार चौका र दुई छक्कासहित ३३ रनमा आउट हुनुभयो । रूपेश सिंहले आठ बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाउनुभयो ।
हिमांशु दत्त सात बलमा दुई चौका र एक छक्कासहित १५ तथा विशाल सुस्लिङ र मयन यादवले समान चार रन बनाउनुभयो । एपिएफका स्पिनर मौसम ढकालले चार ओभरमा ४७ रन खर्चेर तीन विकेट लिनुभयो । अमरसिंह राउटेलाले चार ओभरमा ३० रन खर्चेर दुई विकेट लिनुभयो ।
आर्मीले पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई चार विकेटले हराएको थियो । जितका लागि १२८ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा भीम सार्कीले ३५ बलमा पाँच चौकासहित ३९ रन बनाउनुभयो । सोमपाल कामी १४ बलमा एक छक्कासहित १५ रनमा नट आउट रहनुभयो ।
आर्र्मीका ओपनर तथा कप्तान विनोद भण्डारीले १२ बलमा तीन चौका र दुई छक्कासहित २५ रन बनाउनुभयो । कुशल मल्लले आठ बलमा चार छक्कासहित २७ रन जोड्नुभयो । सन्तोष कार्की सात, रोहित पौडेल शून्य र बसिर अहमद पाँच रनमा आउट हुनुभयो ।
बागमतीका कप्तान सन्दीप लामिछानेले चार ओभरमा ३४ रन खर्चेर दुई विकेट लिनुभयो । प्रतिश जिसी, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले एक-एक विकेट लिनुभयो ।
त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२७ रन बनाएको थियो । बागमतीका प्रतीक श्रेष्ठ ३५ बलमा तीन चौका र चार छक्कासहित ५० रनमा नट आउट रहनुभयो ।
सन्दीप लामिछाने २२ बलमा दुई चौका र एक छक्कासहित १९, रित गौतम १४, इशान पाण्डे १२ र गौरव खड्का आठ रनमा आउट हुनुभयो ।
आर्मीका सोमपाल कामीले चार ओभरमा २९ रन खर्चेर दुई विकेट लिनुभयो । साहब आलमले चार ओभरमा एक मेडनसहित १४ रन खर्चेर चार विकेट लिनुभयो । विवेक यादवले एक विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच