पाल्पामा टिपरले किचेर सहचालकको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका-७ पिपेण्डीस्थित सर्वोतम चुनढुङ्गाखानी नजिकै टिपरले किच्दा सहचालकको मृत्यु भएको छ । सोमबार विहान हावा भर्न रोकी राखेको ग २ ख ०७६९ नम्वरको टिपर अचानक गुड्न गई नजिकै पार्किङ्ग गरी राखेको ग २ ख ०७७१ नम्वरको टिपरमा ठोक्किन जाँदा ग २ ख ०७६९ नम्वरको टिपरका सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्खेत चिनगाड गाउँपालिका-६ का २७ वर्षीय जितबहादुर चलाउने रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । चलाउने दुवै टिपरको बिचमा च्यापिन पुग्नुभएको थियो । टिपरको किचाईमा पर्नुभएका उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?