‘रावायण’ मा नीति

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चलचित्र ‘रावायण’ मा नीति शाह अनुबन्धन हुनुभएको छ । निर्देशक सुदर्शन थापाको निर्माण र निर्देशन रहने यो चलचित्रमा नीतिले अब अनमोलसँग स्क्रिन शेयर गर्नुहुनेछ । एक्सन-लभ स्टोरी कथामा बन्न लागेको यो चलचित्रमा पहिलो पटक अनमोल दोहोरो भूमिकामा देखिँदै हुनुहुन्छ ।

शिवं अधिकारीको लेखन रहेको चलचित्र आगामी भदौदेखि छायांकन सुरु गर्ने निर्माण टिमले जनाएको छ । नीतिले यसै चलचित्रबाट अभिनेत्रीको रूपमा डेब्यु गर्न लाग्नुभएको हो । यसअघि उहाँ केही चलचित्रमा जोडिए पनि फिल्म समयमा सुरु भएका थिएनन् । चलचित्रको प्राविधिक पक्ष र अन्य कलाकारको पत्रकार भेटघाटमार्फत जानकारी गराउने निर्माण युनिटले जनाएको छ ।

नीति शाहले सन् २०१७ मा मिस नेपाल इन्टरनेसनलको उपाधि जित्नुभएको थियो । उहाँ व्यावसायिक र्‍याम्प मोडलसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?