चेल्सी र लिभरपुलबीच बराबरी

Read Time = 3 mins

लण्डन । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राती सम्पन्न खेलमा चेल्सी र लिभरपुलले १-१ को बराबरी खेलेका छन् । लिभरपुलले खेलमा सुरुवाती अग्रता लिए पनि चल्सीले खेलमा पुनरागमन गर्‍यो । खेलको १८औँ मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अघि बढाउनुभएको थियो । मोहमद सलाहको पासमा उहाँले गोल गर्नुभएको हो । २९औँ मिनेटमा सलाहले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि लिभरपुलले अग्रता लिन पाएन ।

३७औँ मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो । चेल्सीका लागि डेब्यु खेल खेलेका डिफेन्डर एक्सेल डिसासीले बराबरी गोल गर्नुभयो । त्यसको दुई मिनेटमै बेन चिलवेलले गोल गर्नुभएको थियो । तर, फेरि भिएआरमा हेर्दा त्यसले मान्यता पाएन ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनहम हट्सपर र ब्रेन्टफर्डको खेल २-२ को बराबरीमा सकियो । टोटनहमले क्रिस्टियन रोमेरोको गोलमा अग्रता लियो । त्यसपछि ब्रेन्टफर्डका ब्रायन एमब्वेमोले पेनाल्टी र जोआन विसाले लगातार दुई गोल गर्नुभयो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एमर्सन रोयलले खेललाई बराबरीमा टुंग्याउनुभयो ।

यता स्पेनिस ला लिगामा गेटाफ र बार्सिलोनाले पनि गोलरहित बराबरी खेलेका छन् । खेलमा दुवै टोलीका खेलाडीले रातो कार्ड बेहोर्नुपरेको खेल रोमाञ्चक बनेको थियो । ४२औँ मिनेटमा बार्सिलोनाका विंगर राफिन्हाले गेटाफेका गास्टन अल्भारेजलाई कुइनोले हानेपछि रातो कार्ड पाउनुभयो ।

५७औँ मिनेटमा जेमी माटाले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छोडेपछि गेटाफे पनि १० खेलाडीमा समेटियो । त्यसपछि जाभीले पनि रातो कार्ड पाउनुभयो । यस्तै, सेल्टा भिगो घरेलु मैदानमा ओसासुनासँग २-० ले पराजित भयो । अर्को खेलमा रियल बेटिसले भिल्लारियलको मैदानमा २-१ को जित निकाल्यो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?