साहित्य समाजद्वारा २९औँ पारिजात कार्यक्रमको आयोजना

Purushottam Ghimire
Read Time = 2 mins

 

काठमाडौं । अभिनव साहित्य समाजले पारिजात स्मृति विशेष काव्य गोष्ठीको आयोजना गरेको छ । समाजको २४३औँ शृंखलाअन्तर्गत उक्त काव्य गोष्ठीको आयोजना गरिएको हो ।

१५ हजार नगदसहित तेस्रो पारिजात स्मृति अभिनव पुरस्कार विशिष्ट बाल सहित्यकार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरियो । प्राडा. श्री चूडामणि बन्धुको प्रमुख अतित्थ्यमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।

समाजका अध्यक्ष श्री गोविन्द घिमिरे ‘वेदमणि’को सभापतित्वमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अथिति प्राडा. बन्धुले उपन्यासकार पारिजातको तस्बिरमा माल्यार्पण गर्दै उहा“को कृतित्वको वर्णन गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘मैल पनि कविता लेखनबाटै साहित्यिक यात्रा सुरु गरेको हुँ।’

विशिष्ट अतिथि प्रमोद प्रधान, पत्रकार तथा समालोचक विजय चालिसे तथा कणाद महर्षिले पनि पारिजातको कृतिको वर्णन गर्नुभएको थियो ।

उत्कृष्ट कवितावाचन गर्न कान्छाप्रसाद तिवारी, किर्ते पौडेल र नारायण निरौलालाई प्रोत्साहन पुरस्कार अर्पण गरिएको थियो । कार्यक्रममा अन्य ५५ जना कवियात्रीले पनि आफ्नो कविता प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
गाेविन्द घिमिरे वेदमणि
गाेविन्द घिमिरे वेदमणि
2022-05-16 9:02 am

समाचारकाे अावश्यक विवरण यसमा समावेश भएकाे छ । पुरूषाेत्तमजीलाइ धन्यवाद छ ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?