सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुभित्र लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप दुईजनालाई पक्राउ गरेको हो ।

राजश्व अनुसन्धान विभागले सुन बरामद गर्दै गरेको अनुसन्धानको जिम्मा अहिले सीआईबीलाई दिइएको छ । जसअनुसार सीआईबीले बिहीबार राति काठमाडौंबाट दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

यसअघि गत बुधबार पनि सीआईबीले सुन तस्करी प्रकरणमाम चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।  योसमेत सुन तस्करी प्रकरणमा २३ जना पक्राउ परिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?