आफूलाई छोरा भनेर झुटो दाबी गरेपछि धनुषको चेतावनी

Read Time = 1 min

मुम्बई । भारतीय अभिनेता धनुषलाई एक दम्पत्तीले आफ्नो सहोदर छोरा भनेपछि धनुषले चेतावनी दिनुभएको छ । दनुस र उहाँका बुवा कस्तुरी राजाले मधुराई बस्ने ती दम्पत्तीलाई कानुनी पत्रचार गर्नुभएको हो ।

धुनुष र उहाँको परिवारले भने ती दाबीलाई खारेज गर्दै कानुनी उपचार खोजेको हो । पत्रमा दम्पत्तीलाई झुटा दाबी नगर्न भनिएको छ । धनुषलाई फेरि छोरा भनेर दाबी दोहोरिए मानहानीको मुद्दा लगाउने चेतावनी उक्त पत्रमार्फत दिइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

धनुष र उहाँका बुबाले झुटा दाबीको खण्डन गर्दै प्रेस विज्ञप्ति निकाल्न पनि ती दम्पत्तीलाई आग्रह गरेको बताइएको छ । यसो नगरे १० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग्दै मानहानीको मुद्दा हाल्ने चेतावनी धनुषले दिनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?