काठमाडौं । क्यानडा ११ सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले विजयी भएको छ ।
मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेटमा पूरा गर्यो ।
कप्तान सन्दीप जोराले ६६ रन बनाए । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाएका हुन्। अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए ।
यसअघि मुलपानी क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो ।
क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।
साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।
बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २-२, बसिर अहमद र सागर ढकालले १-१ विकेट लिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच