
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । मेला उद्घाटन गर्दै सभामुख देवराज घिमिरेले निजी क्षेत्रले वर्षौंदेखि उठाइरहेको प्रदर्शनीस्थल निर्माणको कार्य अघि बढाउन आफ्नातर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘मेला आयोजनास्थलको अभाव केन्द्रदेखि प्रदेशसम्मै महसुुस गरिएको छ । म जहाँ गए पनि मेलास्थल अभावको कुरा निजी क्षेत्रले राख्दै आउनुुभएको छ । उच्चस्तरीय प्रदर्शनीस्थल मुलुकका लागि आवश्यक छ, यसका लागि म सरकारमा तत्काल पहल गर्छु, तपार्इंहरूलाई सहयोग गर्छु ।’
साथै सभामुख घिमिरेले सुस्ताएको अर्थतन्त्र र उद्योग व्यवसायलाई चलायमान बनाउन मेला सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । मेलामा विभिन्न देशबाट भएको सहभागिताबाट व्यावसायिक साझेदारी, लगानी तथा काम गर्ने तौरतरिकासमेत आदानप्रदानमा सहयोग पुुग्ने उहाँको भनाइ थियो । उद्योग सचिव मुकुन्दप्रसाद निरौलाले प्रदर्शनीस्थल निर्माण तत्काल अघि बढाइने बताउनुुभयो । उहाँले भन्नुभयो, ‘हामीले अहिले हेरिरहेको क्षेत्र र चोभारस्थित सुुक्खा बन्दरगाह कहाँ उपयुक्त हुन्छ, यस विषयमा महासंघसँग छिट्टै बसेर त्यसको टुुंगो लगाई काम अघि बढाइनेछ ।’
महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैधले स्तरीय प्रदर्शनीस्थल निर्माणका लागि वर्षांैदेखि अनुरोध गर्दा पनि मूर्तरूप नपाएकोमा गुनासो गर्दै व्यापार मेला आयोजना गर्ने जिम्मेवारी उद्यमी व्यवसायीको संघसंस्थालाई मात्र दिन पनि आग्रह गर्नुभयो । सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं महासंघका अध्यक्ष चण्डिराज ढकालले महासंघले ५६ सालदेखि अन्तर्राष्ट्रिय मेला आयोजनालाई निरन्तरता दिंँदै आएको पूर्वाधार भने पहिलेकै अवस्थामा रहेको गुनासो गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापार मेला सार्क राष्ट्र र चीनका उद्यमी व्यवसायी, लगानीकर्तालाई एकै थलोमा ल्याई लगानी प्रवद्र्धनमा आपसी सहकार्य बढाउन प्रभावकारी माध्यम बन्दै गएको बताउनुभयो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत शरदविक्रम राणाले प्रदर्शनीस्थल निर्माण कार्यलाई सरकारले मुख्य एजेण्डामा राखेर सहयोग गर्नुपर्ने बताउनुभयो । चिनियाँ वाणिज्य मन्त्रालयका उपमहानिर्देशक देङ बोले नेपाल व्यापार मेलामा हरेक वर्ष सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्र्दै मेलामा आफ्नो देशको निरन्तर सहभागिता रहने प्रतिबद्धता जनाउनुुभयो ।
महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकार र निजी क्षेत्रको संयुक्त सहकार्यमा आयोजना हुँंदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सार्वजनिक निजी साझेदारीको सफल उदाहरण रहेको बताउनुुभयो । उद्योग व्यवसाय र समग्र अर्थतन्त्रमै सुुस्तता छाएको अवस्थामा अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजनाबाट थोरै भए पनि उद्योग व्यवसाय र अर्थतन्त्र चलायमान बनाउन सहयोग पुुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेपालस्थित बंगलादेश, पाकिस्तान र श्रीलंकाका राजदूतावासका उच्च अधिकारी, महासंघका सदस्य संघसंस्थाका पदाधिकारी, उद्यमी व्यवसायी नेपाल, चीन, भारत, बंगलादेश, पाकिस्तानका प्रदर्शकको उपस्थिति रहेको थियो ।
महासंघका अनुसार मेलामा सहभागी देशका प्रतिनिधिमण्डलबीच आपसी व्यावसायिक भेटवार्ता पनि हुनेछ । मेलामा नेपाली युवा उद्यमी मञ्चका स्टल पनि राखिएका छन् । मेलाको प्रमुख प्रायोजक आइएमई पे, इन्स्योेरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सहप्रायोजक हेरिटेज फ्लोरिङ कार्पेट इण्डष्ट्री, आइएमएस ग्रुपको सहयोग रहेको छ । नेपाली तयारी पोशाक उद्योग संघ, नेपाल जुत्ता उत्पादक संघ, नेपाली युवा उद्यमी मञ्च मेलामा सहयोगी रहेका छन् । सरकारसँगको सहकार्यमा महासंघद्वारा आयोजित मेलाको सहआयोजकमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ रहेका छन् । मंसिर १८ गतेसम्म चल्ने मेलामा नेपालसहित चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी करिब दुई सय १० स्टल रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच