जुम्लामा लागु औषध रोकथाम गर्न लालटिन समन्वय डेक्स गठन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लामा लागु औषध रोकथाम गर्नका लागि र लागु औषध दुरुपयोग विरुद्धमा काम गर्न जिल्ला लालटिन डेक्स समिति गठन गरिएको छ । कर्णालीमा लालटिन अभियान कार्ययोजना-२०८० अन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दको संयोजकत्वमा नौ सदस्यीय समन्वय डेक्स समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।

समितिको सदस्यमा चन्दननाथ नगरपालिका–४ अध्यक्ष नवराज देवकोटा, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका खरिदार रामकृष्ण पाण्डे, चन्दननाथ माविका शिक्षक पवन न्यौपाने, कर्णाली टिन चयालेन्ज ड्रग रिहाविलिटेशन समितिका अध्यक्ष सुवास बुढा, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सनत न्यौपाने र प्रहरी सहायक निरीक्षक रहेको समिति गठन गरिएको प्रहरी नायव उपरीक्षक कार्कीेले बताउनुभयो ।

कर्णाली प्रदेश कार्यालय सुर्खेतबाट निर्माण भएको कर्णालीमा लागु औषधविरुद्ध लालटिन कार्ययोजना-२०८० अन्तर्गत जुम्ला जिल्लामा सञ्चालित क्रियाकलाप, गतिविधिको अनुगमन मूल्याङ्न गर्न तथा आवश्यक निति कार्यक्रम बनाउन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

पछिल्लो समय जुम्लामा लागु औषध प्रयोगकर्ता बढिरहेका छन । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी उमेश चन्दका अनुसार, आर्थिक बर्ष २०७८/०७९ मा ७ वटा मुद्दा, आर्थिक बर्ष ०७९/८० मा १२ वटा र गत साउनदेखी हालसम्म ८ वटा लागु औषधका मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?