दैलेख । नेकपा एमालेकाे दैलेखमा सभा सम्पन्न भएकाे छ ।
समृद्धिका लागि संकल्प यात्रा बृहत आमसभा अन्तर्गत नेकपा एमालेले राकम कर्णाली, दैलेखमा आईतवार साे सभा सम्पन्न गरेकाे हाे ।
उक्त सभालाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो ।
महाकाली-मेची अभियानअन्तर्गत दैलेखको राकममा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिने बताउनुभयो ।
उहाँले एमाले सरकारमा छँदा गरिबी घटेको, रोजगारी बढेको र युवाहरु बाहिर जाने क्रम घटेको दाबी गर्नुभयो । उहाँले एमालेलाई सरकारबाट हटाइएको अढाइ वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आएको, अराजकता छाएको, अर्थतन्त्र कमजोर बनेको र गरिबी, महंगी, युवाहरु विदेशिनुपर्ने र रोजगारी नपाउने क्रम बढेको दाबी गर्नुभयो ।
उहाँले प्रतिगमनतिर फर्किने कुरा गर्नेहरु लोकतन्त्रबिरोधी रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच