आज डलरको भाउ स्थिर, कति छ-अन्य विदेशी मुद्राको विनिमय दर ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, आज डलरको भाउ स्थिर रहेको छ । आइतबार एक डलरको विनिमय दर खरिद दर १३२.९७ र बिक्रि दर १३३.५७ रुपैयाँ रहेको थियो । आज सोमबार आइपुग्दा पनि डलरको विनिमय दर त्यत्ति नै रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९० पैसा र बिक्री दर १६९ रुपैयाँ ६६ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.७३ रुपैयाँ र बिक्री दर ८९.१३ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९ रुपैयाँ १० पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २७ पैसा र बिक्री दर १० रूपैयाँ ३२ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४५ रुपैयाँ र बिक्री दर ३५.६१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५८ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३०.६४ पैसा र विक्रीदर ४३२.५९ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?