पाल्पामा टिपर दुर्घटना हुँदा एकको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२ स्थित सिजी कम्पनीको कम्पाउण्ड भित्र टिपर दुर्घटना भएको छ । आइतबार राती कम्पनी भित्रकै माटो एक स्थानबाट अर्को स्थानमा लोड गरी लैजाने क्रममा लु १ क ३१६१ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा परी टिपरमा सवार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-१ ख्याहाका २४ वर्षीय शिर बहादुर पालुङ्गे रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएकोमा चेक जाँचपछि डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?