भुमि सुधार तथा मालपोत कार्यालय बर्दियामा दुई दिनदेखि सेवा ठप्प

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । भुमि सुधार तथा मालपोत कार्यालय बर्दियामा दुई दिन देखि सेवा प्रवाह रोकिएको छ ।

सर्वसाधारण काम लिएर कार्यालयमा जादा कर्मचारीले काम हुन्छ भन्दै दिनभर पर्खाएर फिर्ता गराउने गरेको सेवा ग्राहिले बताएका छन । भुमि सुधार मालपोत कार्यालय बर्दियामा सर्वसाधारणको काम दुई दिन देखि अवरुद्ध हुँदा सेवा ग्राहिले सास्ती भोग्नु परेको छ ।

जग्गा रोक्काको काम लिएर आएका सोमै थारुले आफनो काम ३ दिन देखि रोकिएको बताउनु भयो । कर्मचारीहरुले अनलाइनका लागी इन्टरनेट नचलेको भन्दै सेवा ग्राहिलाई दिनभर चक्र्रो घाममा कुराउने र फर्काउने काम मात्र गरेको सेवा ग्राहिको भनाई रहेको छ । इन्टर नेट अवरुद्ध हुँद जग्गा रोक्का, राजिनामा, अंशवण्डा, बकस पत्र, दृष्टि बन्धक , फुकुवा लगायतका काम दुइदिन देखि रोकिएको हो ।

पछिल्लो पटक मालपोत कार्यालयमा जग्गा सम्बन्धि कारोवार गर्दा अनलाईन गर्नु पर्ने अनिवार्य गरिएको छ । जेठ महिनाको प्रचण्ड गर्मिमा टाढा टाढा बाट सेवा लिन आएका सेवाग्राहि आफनो काम नहुँदा रित्तो हात फर्कनु पर्ने बाध्यता रहेको छ । भुमि सुधार तथा मालपोत कार्यालय गुलरिया बर्दियाका अधिकृत बालकृष्ण राणाका अनुसार इन्टरनेटमा खरावी आएको स्वीकार गर्दै फाटट फुटट काम भैरहेको बताउनु भयो । उहाका अनुसार नेट चलेको समय बेलुकी ६ वजे सम्म पनि सेवा दिइएको दावि गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?