नेकपा एस सचिवालय बैठक : अध्यक्ष नेपालको महाधिवेसनको मिति सार्ने प्रस्ताव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीको यसअघि तोकिएको महाधिवेसन सर्ने भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा तयारी नपुगेको तथा राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै यसअघि तय भएको महाधिवेसन सार्ने भएको हो  ।

जसका लागि बैठक बिहान ११ बजे बोलाइएको प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभएकाे थियाे ।

नेकपा एसको गत भदौ ५, ६ र ७ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय लिएको थियो । तर, जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेसनको मिति सार्ने प्रस्ताव पेश गर्ने बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?