नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) ले तीन राज्यको विधानसभा निर्वाचनमा जित हासिल गरेको छ । आइतबार घोषणा भएको चार राज्यको चुनावी नतिजानुसार भाजपाले मध्य प्रदेशमा आफ्नो सत्ता कायम राखेको छ भने, राजस्थान र छत्तीसगढमा प्रतिद्वन्द्वी कांग्रेसले राखेको नियन्त्रण आफ्नो पक्षमा पारेको छ । चौथो तेलंगाना राज्यमा भने कांग्रेसले जितेको छ ।
भाजपाले दक्षिण भारतमा एकमात्र जित कायम रहेको कर्नाटकमा यस वर्षको विधानसभा निर्वाचनमा कांग्रेससँग हार व्यहोरेको थियो । तीनवटा महत्वपूर्ण राज्यमा भाजपाको जित हासिल गरेको छ ।
यता, मिजोरम पिपल्स मुभमेन्ट (जेपीएम) ले सरकारले बनाउने भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ४० सदस्यीय मिजोरम विधानसभामा जेपीएमले २५ सिटमा जित हात पारिसकेको छ । मिजोरममा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । निर्वाचन आयोगका अनुसार जेपीएम दुई सिटमा अगाडि रहेको छ । सत्तारुढ मिजो नेसनल फ्रन्ट (एमएनएफ)ले भने नराम्रो हार व्यहोरेको छ ।
यसअघि सन् २०१८ मा भएको विधानसभा चुनावमा एमएनएफले २६ सिट जित्दै सरकार बनाएको थियो । त्यस्तै कांग्रेसले नराम्रो हार व्यहोर्दै पाँच सिटमा खुम्चिएको थियो । कांग्रेसले २०१३ मा मिजोरममा ३४ सिटमा जित हात पारेको थियो । २०१८ मा जेपीएमले आठ सिटमा जित हात पार्दा भाजपाले एक सिटमा चित्त बुझाएको थियो ।
सन् १९८७ मा २३औं भारतीय राज्यका रूपमा स्थापित भएको मिजोरममा जेपीएमले पहिलो पटक सरकार बनाउन लागेको हो । जेपीएमबाट सेर्छिप क्षेत्रबाट चुनाव जितेका लाल्दुहोमा मुख्यमन्त्रीका दाबेदार रहनुभएको छ । मिजोरमका वर्तमान मुख्यमन्त्री तथा एमएनएफ प्रमुख जोरमथांगाले भने चुनाव हार्नुभएको छ ।
मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको छ भने कांग्रेस–आईले ६५ सिटमात्र जितेको छ । त्यस्तै राजस्थानमा कुल २१५ सिटमध्ये भाजपाले ११५ र कांग्रेस-आईले ६९ सिट जितेको छ । छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कांग्रेस-आईले ३२ सिट जितेको छ । सन् २०१८ को निर्वाचनमा कांग्रेस-आईले जितेका यी तीन प्रदेशमा भाजपाले जित हासिल गरेसँगै कांग्रेस-आईलाई धक्का लागेको छ ।
तेलंगना राज्यमा भने कांग्रेस-आईले भारत राष्ट्र समिति (बिआरएस) को दश वर्षे सत्ता अन्त्य गरेको छ । तेलंगनामा कुल ११९ सिटमध्ये कांग्रेस-आईले ६४ र बिआरएसले ३९ र भाजपाले आठ सिटमात्र जितेको छ । ५४३ सिट संख्या रहेको भारतको तल्लो सदन लोकसभामा भाजपाले जितेका तीन राज्यबाट हुने सिट संख्या ६५ रहेको छ । जसमा मध्य प्रदेशबाट २९, राजस्थानबाट २५ र छत्तीसगढबाट ११ सिट रहनेछन् । यो चुनावी नतिजासँगै सन् २०२४ को लोकसभा चुनावअघि भारतका २८ राज्यमध्ये भाजपाले १२ राज्यमा आफ्नो एकल सरकार बनाएको छ ।
ती राज्य उत्तराखण्ड, हरियाणा, उत्तर प्रदेश, गुजरात, गोवा, असम, त्रिपुरा, मणिपुर, अरुणाचल प्रदेश, एमपी, राजस्थान र छत्तीसगढ हुन् । कांग्रेससँग भने, कर्नाटक, हिमाचल प्रदेश र तेलंगानामा मात्रै एकल सरकार रहेको छ । सन् २०२४ मा भारतमा लोकसभा चुनाव हुँदैछ ।
चुनावको नतिजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पकड झनै बलियो भएको देखाएको छ । यो चुनावले कांग्रेस नेता राहुल गान्धीको हरतरहको प्रयासले काम नगरेको देखाएको छ । यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सफलता र सन् २०२४ मा हुने लोकसभा चुनावका लागि बलियो आधारका रूपमा पनि हेरिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच