‘खतरामा लोकतन्त्र’, टाउकोमा जुम्रा परे टाउको काट्ने हैन जुम्रा हटाउनुपर्छ : कृष्ण पहाडी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । मानव अधिकार तथा शान्ति समाजका संस्थापक केन्द्रीय अध्यक्ष कृष्ण पहाडीले लोकतन्त्र खतरामा रहेको बताउनुभएको छ । नागरिकहरुसँगको अन्तक्र्रिया कार्यक्रमलाई पाल्पाको तानसेनमा सम्बोधन गर्दै उहाँले सरकार र राजनीतिक दलहरुकै कारण लोकतन्त्र खतरामा रहेको बताउनुभएको हो ।

टाउकोमा जुम्रा परे टाउको काट्ने हैन जुम्रा हटाउनु पर्ने बताउँदै उहाँले नेताहरू फालेर भए पनि लोकतन्त्र जोगाउनु पर्ने उहाँले बताउनुभयो । ‘कुनै एकाध नेताको कार्यशैलीले सिङ्गो लोकतन्त्रलाई जोखिममा पार्न सकिँदैन’ उहाँले भन्नुभयो, ‘जिम्मेवार नागरिकको हैसियतले अब सचेत जनता जाग्नु पर्ने अवस्था आएको छ ।’ जिम्मेवार जनता नजागेकाले खाली ठाउँमा अन्य शक्ति सलबलाएको उहाँले सुनाउनुभयो ।

पहाडीले भन्नुभयो ‘वर्तमान राजनीतिक दलका नेताहरुबाट लोकतन्त्रलाई बदनाम बनाईएको छ नेताहरुबाट शुसासन होईन कुशासनको काम भईरहेको छ, जनताहरु वाक्क दिक्क बनेका छन् यही मौका छोपेर धार्मिक एजेण्डाको नाममा लोकतन्त्र विरोधी अभियान मौलाउदै गएको छ ।’
वर्तमान सरकारबाट शुसासन होईन कुशासन भ्रष्टचार मात्र भएको उहाँले आरोप लगाउनुभयो । ‘सरकारी रबैयाबाट लोकतन्त्र खतरामा छ , सत्ताको लोभमा नेपाली काँग्रेस जस्तो लोकतन्त्रवादी पार्टीले हिंसात्मक पद्धतीलाई स्वीकार गर्दै आएको छ यो गतिविधिबाट पनि लोकतन्त्र माथि खतरा बढेको छ’ पहाडीले भन्नुभयो । अहिले विभिन्न स्थानमा जातिय द्धन्द्ध बढाएर भिड बटुल्ने काम भईरहेको पनि उहाँले बताउनुभयो ।

यस्ता गतिविधीबाट पनि लोकतन्त्र माथि खतरा रहेकाले जनतालाई सचेत बनाउन जिल्ला जिल्लामा अन्तक्र्रिया अभियान शुरु गरेको मानवअधिकारवादी नेता पहाडीको भनाइ छ । उहाँले लोकतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुन नसक्ने समेत बताउनुभयो ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?