दण्डहिनताविरुद्ध कानुनीरुपमा कठोर बन्न गृह सचिवको निर्देशन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । गृहसचिव दिनेश भट्टराईले दण्डहिनताबिरुद्ध कानुनीरुपमा कठोर हुन प्रहरीलाई निर्देशन दिनुभएको छ ।

निरीक्षण तथा अनुगमनका क्रममा भोजपुर आइपुग्नु भएका गृह सचिव भट्टराईले सोमवार सुरक्षा निकायहरुको अनुगमन गर्दै यस्तो निर्देशन दिनु भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षण गर्नु हुँदैै गृह सचिव भट्टराईले अनुगमन तथा निरीक्षणको क्रममा सीमित श्रोत साधनको बाबजुद पनि नेपाल प्रहरीले उत्कृष्ट कार्य गरिरहेको मनन गर्दै अझै शान्ति सुरक्षा कायम गर्न, अपराध निर्मुल गर्न, दण्डहिनता बिरुद्ध कानुनीरुपमा कठोर हुन निर्देशन दिनु भयो ।

प्रहरीले दिने सेवालाई थप प्रभावकारी बनाउँदै सम्पादित काम कारबाही दुरुस्त तथा पारदर्शिताका साग गर्न पनि गृहसचिव भट्टराईले निर्देशन दिनुभयो ।

सोक्रममा गृह सचिव भट्टराईले जिल्ला प्रहरी कार्यालय सहित कारागार कार्यालय भोजपुरको भौतिक संरचना, प्रशासनिक काम कारवाही, अपराध नियन्त्रण लगायत हिरासत तथा कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरुको अवस्थाबारे अनुगमन समेत गर्नु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?