नामिबियाको सामना गर्दै नेपाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौंमा सुरू हुँदैछ ।

नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरू हुनेछ ।

नेपालले लिग टुका कुल ३६ मध्ये २४ खेल खेलिसकेको छ । जसमा १४ जित, १८ मा हार र एकमा बराबरीको नतिजाका साथ १८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ । यता ३० खेलबाट ३७ अंक बटुलेको नामिबिया तेस्रो स्थानमा छ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फागुन ९ गते सम्म हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल, स्कटल्याण्डसँग फागुन ९ मा पुनः खेल्नेछ ।

लिग टू मा सात राष्ट्रको सहभागीता रहेको छ । शीर्ष तीनमा रहि सिधै विश्वकप छनोट खेल्न नेपालले बाँकी सबै १२ खेल जित्नुपर्ने अवस्था छ । जुन नामिबिया र यूएईको नतिजामा भर पर्नेछ ।

तर नेपाल शीर्ष पाँचभित्र पर्दै एकदिवसीय मान्यता बचाउन चाहान्छ । जसका लागि कम्तीमा ९ खेल जित्नुपर्ने हुन्छ । हाल नेपाल २४ खेल खेल्दा ८ मा जित र १४ मा हारसहित अंक तालिकाको छैटौं स्थानमा छ ।

यस सिरिजमा सहभागी नेपालको अर्को प्रतिद्धन्द्धी स्कटल्याण्ड ३२ खेलमा २२ मा जित र ८ मा हारका साथ ४६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । सोहीकारण उसले यस वर्ष नै आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाईसकेको छ ।

नामिबिया विश्वकप लि टूको शीर्ष तीनमा पर्न सम्भावना भएको अर्को टोली हो । नामिबिया नेपाल भ्रमणका क्रममा शीर्ष तीनको स्थान बलियो बनाउँन चाहान्छ । हालसम्म नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ ।

नेपालले विदेशमा खेलेका २० मध्ये ६ खेलमा मात्रै जितेको छ । नेपालले घरेलु भुमिमा भने ४ खेल खेल्दा २ मा जित हात पारेको थियो । नेपालले लिग टू का लागि गत डिसेम्बरमा नामिबिया भ्रमण गरेको थियो । सो क्रममा चार मध्ये तीन खेल नेपालले हारेको थियो । एक खेल वर्षाको कारण नतिजा विहीन थियो ।

नामिबिया ७ वर्षपछि नेपालमा खेल्दैछ। नामिबियाले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत २०१६ को अप्रिलमा नेपालमा आएर दुई खेल खेलेको थियो । त्यो दुबै खेलमा नेपाल विजयी भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?