गुल्मीका किसान किवी खेतीप्रति आकर्षित, बजारीकरणमा छैन् समस्या

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीको भार्सेमा पहिले देखि नै किवी खेती हुने गरेको थियो । यो सँगै पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा किवी खेती हुने गरेको पाइएको छ । हाल उत्पादन भएको किवी फल महङ्गोमा बिक्री भएपछि कृषकहरु यसको व्यवसायिकता बढाउन लागि परेका छन् । अहिले किवी फल टिप्ने बेला सुरु हुन थालेको छ । यो फल कात्तिक महिनाबाट मंसिर अन्तिमसम्म पाक्ने गर्दछ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ मा बिरबहादुर कार्कीले किबी खेती गर्दै आउनुभएको छ । सुरुमा किवीका बिरुवा बेच्दै आउनुभएका कार्कीले पछिल्लो केहि वर्ष यता किवी खेती पनि गर्दै आउनुभएको छ । उहाँले २०७२ सालदेखि किवी सुरु खेती गर्नुभयो । २०७५ सालदेखि किवीले उत्पादन दिन थालेको छ । यस वर्ष पाँच क्विन्टल किवी उत्पादन भएको बताउनुभयो । उत्पादित किवी तम्घास बजारमै खपत हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

कार्की जस्तै जिल्लामा अरु धेरै कृषकहरु किवी खेतीमा हुनुहुन्छ । कम मेहनतबाट हुने यो खेतीमा धेरैको आकर्षण बढेको छ । सुन्तला र स्याउ नहुनेबीचको क्षेत्रमा किवी खेती हुने गर्दछ । समुन्द्री सतहदेखि १२ सय मिरटभन्दा माथी किवी खेती हुने गर्दछ । यहाँ १२ सय मिटरभन्दा माथिका भाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीय तहमा किबी खेती हुँदै आएको बताइएको छ ।

हाल एक हजार हेक्टर क्षेत्रफलमा सजिलै किवी खेती गर्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । सरदर ३०० रुपैयाँदेखि ५०० रुपियाँसम्म प्रतिकिलो किवी बिक्री हुने गरेको छ । धेरै ठाउँमा उत्पादन हुँदै आएकाले यसको मूल्य सरदर १०० रुपैयाँ प्रति किलो बनाउन सके बजारीकरणमा पनि समस्या नहुने उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा किवी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा ७५ प्रतिशत अनुदानमा बिरुवा र पोल निर्माण गर्ने गरेको छ । अहिले कालीगण्डकी, सत्यवती र मालिकाको ह्वाङदी, नेटामा किवी खेतीका लागि कार्यालयले सहयोग गर्दै आएको छ । यसवर्ष किवी बिशेष कार्यक्रम भनेर कालिगण्डकी गाउँपालिकाको वडा नम्बर–१ को सिरकोट भन्ने स्थानमा जिल्लाकै नमूना किवी खेती बिस्तार हुने भएको छ । त्यसका लागि कृषि ज्ञान केन्द्र गुल्मीले २८ लाख रुपैयाँ विनियोजन गरेको छ । यो फार्म जिल्लाकै नमूना रुपमा अघि बढाइने ज्ञान केन्द्रले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?