काठमाडौं । नेपाल बैंकले भारतको एक्जिम बैंकसँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्न ‘ट्रेड असिस्टेन्ट प्रोग्राम (टिएपी) अन्तर्गत सम्झौता गरेको छ । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो ।
नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुर्ई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको नेपाल बैंकले जनाएको छ ।
दुर्ई बैंकबीच नोभेम्बर ७ मा भएको हस्ताक्षर कार्यक्रममा बैैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले एक्जिम बैंक इण्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच