राष्ट्रपति चुनावको सरगर्मी

डा. डीआर उपाध्याय
Read Time = 13 mins

आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर सरमर्गी बढेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलहरूबीच बाक्लो भेटघाट र छलफल चलिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नेतृत्व गरेको पार्टी एमालेमा मिल्न आए माधव नेपाललाई राष्ट्रपतिको चुनाव लड्न प्रस्ताव गर्ने बताएका छन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म एमालेलाई राष्ट्रपति नदिने दाउमा छन । राष्ट्रपतिको चुनावलाई लिएर दलहरूबीच रस्साकस्सी छ । प्रधानमन्त्री दाहालले आफ्नो लागेसम्म नेपाली कांग्रेसलाई राष्ट्रपति बनाउने योजनामा देखिन्छन ।

नेपाली कांग्रेसबाट राष्ट्रपतिको चुनावका लागि रामचन्द्र पौडेलको उम्मेदवार पर्ने सम्भावना बढी छ । एमालेबाट सुभाषचन्द्र नेमवाङको चर्चा सुरुदेखि नै चल्दै आएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरको पनि कुरा उठ्ने गरेको छ । राष्ट्रपति त झन् यस्तो पद हो कि जसमा सबै नेपाली र मुलुकको गरिमा अडिएको हुन्छ । राष्ट्रपतिले आफ्नो गरिमा धान्नुपर्छ र जनताको शिर उचो बनाउनु छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नु अहिलेको मुख्य आवश्यकता हो ।

वर्तमान सत्तागठबन्धन ठूलो समस्यामा छ । सत्ता स्वार्थको राजनीतिले मुलुकलाई निकास दिन नसक्ने निश्चित छ ।
आज सत्ता स्वार्थका लागि राजनीतिक दलहरू जे पनि गर्न तयार छन् । सत्तागठबन्धनभित्र चुनौतीका चाङ छन् । ती चुनौती कसरी सामना गरेर अघि बढ्छन् त्यो हेर्न अझै बाँकी छ । सरकारको स्थायित्वको विषयमा अहिले नै प्रश्न उठन थालेको छ । नेकपा एमालेले राष्ट्रपति नपाए के यो गठबन्धन जोगिएला ? बेलाबेलामा प्रश्न त उठिरहेका छन् नि । राष्ट्रपतिका उम्मेदवार प्रकरणमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीका शर्त र स्वार्थ छन् । आ–आफना शर्त र स्वार्थ पूरा नभए गठबन्धन संकटमा पर्ने निश्चित छ । मुलुक अझै अन्यौलमा छ । अन्यौल थप सघन बन्दै जाने देखिन्छ । राष्ट्रपतिको निर्वाचनपछि देशको राजनीति कता जान्छ बल्ल थाहा हुन्छ ।

आज सत्ता स्वार्थका लागि राजनीतिक दलहरू जे पनि गर्न तयार छन् । सत्तागठबन्धनभित्र चुनौतीका चाङ छन् । ती चुनौती कसरी सामना गरेर अघि बढ्छन् त्यो हेर्न अझै बाँकी छ । नेकपा एमालेले राष्ट्रपति नपाए के यो गठबन्धन जोगिएला ?

एमाले र माओवादीबीच विश्वासको संकट देखिनु हुँदैन । त्यसो भयो भने समस्या अवश्य उत्पन्न हुन्छ । प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका साथ अघि बढन सक्नुपर्छ । राष्ट्रपति निर्वाचनको विषयमा प्रधानमन्त्री दाहाल र कांग्रेस दुवैले राष्ट्रिय सहमतिको आवश्यकता औंल्याउँदै आएका छन् । तर, व्यवहारमा कार्यान्वयन के हुन्छ त्यो अझै थाहा छैन । सत्ता गठबन्धनले संवाद, सहमति र सहकार्यको राजनीतिलाई जोड दिँदा राम्रो हुन्छ । सहमतिको उम्मेदवारलाई सबैले स्वीकारनु पनि पर्छ । कांग्रेससहितका प्रतिपक्षको समेत सहमति जुटाउने काम प्रधानमन्त्री दाहालको हो । सत्ता गठबन्धनको दायरा नाघेर खोजिने सहमतिले निकास दिने छैन ।

यस्तो कार्य बेइमानी र धोखाधडी हुन्छ । यसर्थ प्रधानमन्त्री दाहालले दोहोरो खेल खेलेर एमालेलाई धोका दिए भने भोलि आफैँ संकटमा पर्ने छन् । राष्ट्रपति निर्वाचनमा छिमेकीहरूले आवश्यकताभन्दा बढी चासो लिएको निकै गम्भीर एवं सम्वेदनशील अवस्था छ । राष्ट्रपतीय उम्मेदवारबारे प्रधानमन्त्री दाहाल र कांग्रेसको ‘राष्ट्रिय सहमति’ को प्रस्ताव छिमेकीको चाख र स्वार्थसँग जोडिएको विश्लेषण हुन थालेको छ । यो राम्रो संकेत होइन । छिमेकी देश भारतले नेपालको मामिलामा अनावश्यक चासो दिँदैआएको छ । चाहे संविधान निर्माण गर्ने बेलामा होस् चाहे सरकार बनाउने बेलामा होस् उसले धेरै चासो दिने गर्छ । आफू अनुकूलको बातावरण निर्माण गर्न भारत हर हमेसा कोसिस गरिरहेको हुन्छ ।

यस्ता संवेदनशील विषयमा नेपाल सरकार गम्भीर र चनाखो हुन जरुरी छ । राजनीतिक दल र तिनका नेताहरू पनि अलि गम्भीर हुन जरुरी छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बलमा प्रधानमन्त्री बन्न सफल भएका हुन् । ओलीले लगाएको त्यो गुन दाहालले बिर्सनु हुँदैन । तेस्रो शक्तिको दलले सरकारको नेतृत्व गर्न पाउनु भाग्यको कुरा हो । सरकार जोगाउने हो भने दाहाल-ओलीबीचको सम्बन्ध राम्रो भएर जानुपर्छ । दाहालको अस्थिर व्यवहार र अवसरवादी प्रवृत्ति छ । यो त विगतदेखि देख्दै आएको कुरा हो । गठबन्धन निकै कमजोर रहेको आमअनुभूति छ ।

यस्तो कमजोर अवस्थाको गठबन्धनमा रास्वपा सरकारबाट बाहिरिइसकेको छ । स्थिर सरकारबाट सुशासन र आर्थिक सुधार सम्भव हुने हो । रास्वपाले स्थायित्व र स्थिरताका निम्ति सरकारलाई दिएको समर्थन कायम राख्नुपर्छ जुन अहिले छ । राष्ट्रिय राजनीतिमा रास्वपाले साँच्चिकै रचनात्मक प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न आवश्यक छ । आ–आफ्नो समयमा कांग्रेस र एमाले प्रमुख प्रतिपक्षमा रहे तर उनीहरूले सत्ताको दलाली गर्नबाहेक उल्लेख्य भूमिका खेल्न सकेनन् । यसर्थ राष्ट्रिय राजनीतिमा लामो समयदेखि रचनात्मक प्रमुख प्रतिपक्षको स्थान रिक्त रहिआएको छ । रास्वपालाई यसमा उपयुक्त अवसर छ ।

यदि सत्ताकै लागि मरिहत्ते हाल्ने हो भने अन्य दल र रास्वपाबीच के फरक भयो र ? जनताको चाहना भनेको स्थायी र जनउत्तरदायी सरकार, सुशासन र आर्थिक सुधार हो । दलका नेताहरूको चाहना र प्रवृत्ति जे जसरी हुन्छ, सत्तामा जाने र देश लुटने देखिन्छ । राजनीतिक नेतृत्व राष्ट्र र जनताप्रति त्यति संवेदनशील र जिम्मेवार देखिएन । दाहाल-ओलीबीच भएको भद्र सहमति कार्यान्वयन हुनुपर्छ । अहिलेको अवस्थामा प्रधानमन्त्री दाहालमात्रै आफ्ना पूर्वप्रतिबद्धताप्रति इमानदार हुने हो भने मुलुक गन्तव्यतर्फ अघि बढ्न सक्छ । मुलुकमा स्वतः स्थायित्व र स्थिरता कायम हुन्छ ।

स्थिर र जिम्मेवार सरकारबाट सुशासन र आर्थिक सुधार सम्भव हुने हो । राष्ट्रपतिको निर्वाचन जति नजिकिँदै गएको छ, राष्ट्रिय सहमतिको चर्चा उति हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सके धेरै राम्रो हुनेछ । नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पछिल्लो समयमा आएर राष्ट्रिय सहमतिको राजनीतिमा जोड दिनुभएको थियो र त राजनीति परिवर्तन सम्भव भएको हो । नेपालको राजनीतिक, आर्थिक अवस्था कमजोर हुँदा जनताले दुःख भोग्नु परेको छ । मुलुकलाई अघि बढाउन दलहरू एक भएर अघि बढ्नुपर्छ । यो आजको आवश्यकता हो ।

दलहरूबीच सहमतिको कुनै विकल्प छैन । दलहरू र नेताहरूका बीचमा आपसी सम्बन्ध राम्रो हुनु अति आवश्यक छ । अब मुलुकले अग्रगति लिन नसके कहिले लिने ? राजनीति फोहोरी खेल भयो । यो फोहोरलाई सफा गर्न सच्चा राजनेताको खाँचो छ ।

दलहरूबीच सहमतिको कुनै विकल्प छैन । दलहरू र नेताहरूका बीचमा आपसी सम्बन्ध राम्रो हुनु आवश्यक छ । अब मुलुकले अग्रगति लिन नसके कहिले लिने ? राजनीति फोहोरी खेल भयो । यो फोहोरलाई सफा गर्न सच्चा राजनेताको खाँचो छ । नेपालको राजनीति यस्तो अवस्थामा गुज्रिएको छ । राजनीतिक व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था उस्तै । व्यवस्था झन् खराब हुँदै जाँदा जनताले उत्साहलाई आत्मसात् गर्न सकेको विलकुलै देखिँदैन । राष्ट्रिय सहमति अत्यावश्यक छ र यसबाट नै मुलुकको उन्नति सम्भव छ भन्नेमा सबै दलको समझदारी चाहिएको छ ।
राष्ट्रपतिमा को पुग्ने भन्ने कुरामा विवाद हुनुलाई अस्वाभाविक मान्न मिल्दैन । एमालेका समर्थकका निमित्त एमालेकै राष्ट्रपति चाहिन्छ । यसलाई अन्यथा मान्न मिल्दैन । नेपालमा अहिलेसम्म जम्मा दुईजना राष्ट्रपति भएका छन् । अब तेस्रो राष्ट्रपतिको चुनाव हुँदैछ । त्यसैका लागि राष्ट्रिय सहमति आवश्यक छ । राजनीतिमात्रै होइन, नेपालको आर्थिक क्षेत्र पनि कमजोर भएको छ । यसलाई सुधार गर्न कुनै दलले प्रयत्न गरेको देखिँदैन । सबै आआफ्नो डम्फु बजाउँदै हिँडिरहेका छन् । नेपालको आर्थिक संकट बढ्दै छ । नेपालको अर्थतन्त्रले देश धान्न सक्ने अवस्था देखिँदैन ।

यस्तो अवस्थामा दलहरूले राष्ट्रिय सहमति कायम गरेर अर्थतन्त्र सुदृढ गर्न प्रतिबद्धता व्यक्त गर्नुपर्ने समय आएको छ । राजनीतिक र आर्थिकमात्रै होइन, नेपालको सामाजिक, सांस्कृतिक वातावरणसमेत खल्बलिएको अवस्था छ । यही अवस्था रहिरहन दिनु हुँदैन । नेपालले विकासको फड्को मार्न सक्नुपर्छ । नेपाली जनता देशको विकास र समृद्धि देख्न चाहन्छन् । त्यसका लागि राजनीतिक दलहरू इमानदार बन्न जरुरी छ । त्यसै देश समृद्धि बन्दैन । काम गरेर देखाउनुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?