दुबईमा थुप्रिएर र मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना (भिडियाेसहित)

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोप २८ मा थुप्रिएर र मन्त्रीहरुसँग भेट्दैमा क्लाइमेट चेन्जको असर कम नहुने बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असर कम गर्नको लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताउनु भयो । उहाँले युवाहरुलाई उद्यमी हुनका लागि सरकारले सहज वातावरण बनाइदिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो हरेक कुरामा पारदर्शिता हुनुपर्छ । युवाहरुलाई उद्यमी हुनका लागि त्यस्तै सरकारले विधेयकहरु बनाउनुपर्छ । सहज बनाइदिनुपर्छ । साथै पारदर्शिता पनि हुनुपर्छ । तपाईहरु कोको गएर आउनुभयो, कोप २८ मा ? क्लाइमेट चेन्जमा धेरैजना जानु भएको छ । क्लाइमेट चेन्ज दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै क्लाइमेट चेन्ज परिवर्तन हुने होइन । हामीले किचनबाट हरेक तपाईहरुको एक्टिभिटिबाट क्लाइमेट चेन्ज हुन्छ । यहीँबाट गरौँ न ।’

उपसभामुख रानाले हरेक कुरामा पारदर्शिता हुन जरुरी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?