बेइजिङ । चीनले राजधानीमा एउटा उच्चस्तरीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा बेइजिङप्रति युरोपेली युनियनको निर्यात नीतिहरूको कुनै ‘अर्थ’ नभएको बुधबार बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनवीनले भन्नुभयो, ‘यदि युरोपेली युनियनले एकातिर चीनमा उच्च प्रविधियुक्त उत्पादनहरूको निर्यातमा गम्भीर प्रतिबन्ध लगाउँछ र अर्कातिर चीनतर्फको निर्यातमा उल्लेखनीय वृद्धिको अपेक्षा गर्छ भने यसको कुनै अर्थ छैन ।’
युरोपेली युनियन-चीन शिखर सम्मेलनका लागि युनियनका प्रमुख उर्सुला भोन डेर लेयन, युनियनका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेल र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल बिहीबार बेइजिङमा हुनुहुनेछ । सन् २०१९ पछि ब्रसेल्स प्रमुखहरू र चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा प्रधानमन्त्री ली छ्याङबिच यो पहिलो व्यक्तिगत शिखर सम्मेलन हुनेछ र मुख्य कुराकानीको विषयमध्ये एक व्यापार हुनेछ ।
‘युरोपेली नेता समयसँगै व्यापार सम्बन्धमा असन्तुलन सहन सक्तैनन्’, भोन डेर लेयनले वार्ताअघि एक अन्तरवार्तामा एएफपीलाई भन्नुभयो, ‘तर हामी वार्ताबाट समाधान निकाल्न रुचाउँछौं ।’ ‘चीन युरोपेली युनियनको विश्वासयोग्य र अपरिहार्य साझेदार हो, वार्ता र परामर्शको माध्यमबाट मतभेदहरूलाई सही ढंगले सम्हाल्नु महत्वपूर्ण कुरा हो’, प्रवक्ता वाङले बुधबार एक नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘युरोपेली पक्षले चीनसँग मिलेर काम गर्नेछ, चीन-युरोपेली युनियनका नेताहरूको बैठकको सफल आयोजनाका लागि सकारात्मक वातावरण बनाउने छ र चीन-युरोपेली युनियनले सम्बन्धलाई स्वस्थ र दिगो विकासका लागि संयुक्त प्रयास गर्नेछन् भन्ने हामीलाई विश्वास छ ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच