लेखक : बिट्रिक्स पोटर
अनुवादक : प्रा.डा.भूपप्रसाद धमला
(सन् १९०२ मा प्रकाशित ब्रिटिश लेखक बिट्रिक्स पोटरको सबैभन्दा प्रिय कथा । यस कथाले अग्रजको कुरा नमान्दा के कस्तो दुःख पाइन्छ भन्ने देखाएको छ ।)
कुनै एक ठाउँमा एक समय चारवटा साना खरायोहरू सँगसँगै बस्थे । तिनका नाम थिए-फ्लप्सी, मोप्सी, कटनटेल र पिटर । तिनीहरू आफ्नी आमासँग बालुवाको किनारमा एउटा ठूलो फरको रूखको जरामुनि बस्थे । ‘हेर प्रियहरू’, एक बिहान बुढी आमा खरायोले भनिन्, ‘तिमीहरू खेतमा जान सक्छौ वा गल्ली हुँदै तल पनि जान सक्छौ तर मिस्टर म्याकग्रेगरको बगैंचामा नजानू : तिमीहरूको बुबाको त्यहाँ दुर्घटना भएको थियो, उहाँलाई श्रीमती म्याकग्रेगरद्वारा पाई कोठामा राखिएको थियो ।’ ‘अब सँगसँगै दौड । बिपत्तीमा परिएला नि ! म एकछिन बाहिर जाँदैछु । होस् गर्नू भनेको मान्नू ।’
त्यसपछि बुढी खरायो एउटा टोकरी र आफ्नो छाता लिएर बेकरीतिर गइन् । उनले ब्राउन ब्रेडको रोटी र पाँचवटा किसमिसको रोटी किनिन् । फ्लप्सी, मोप्सी, कटनटेल चिटिक्क परेका राम्रा साना खरायो थिए । उनीहरू ब्लाकबेरी फल बटुल्न घाँसे चौरमा गए तर पिटर धेरै फटाहा थियो । ऊ तुरुन्तै मिस्टर म्याकग्रेगरको बगैंचामा दौडेर गेटमुनि खुम्चिएर बस्यो । ऊ मस्तीले गाजर खाएर बस्यो । उसले केही सलाद र केही फ्रेन्च बिन्स नामको सिमी खायो अनि उसले अलिकति मुला खायो, त्यसपछि अलि बिरामी महसुस गर्दै ऊ केही पार्सले खोज्न गयो । त, काँक्रो फ्रेमको अन्त्यमा उसले कसलाई भेट्थ्यो र ? त्यही मिस्टर म्याकग्रेगर न हो !
म्याकग्रेगर घुँडा टेकेर कलिलो बन्दागोभी रोप्दै थियो । पिटरको बदमासी देखेर ऊ बुरुक्क उफ्य्रो र उसको पछि दौडियो, आफ्नो काम गर्ने औजार हल्लाउँदै उसले भन्यो ‘चोर, चोर, तँलाई पख्लास्’ । पिटर एकदमै डराउँदै बगैँचाभरि यताउता दौडियो किनकि उसले गेटमा फर्कने बाटो बिर्सिसकेको थियो ।उसको आफ्नो एउटा जुत्तो बन्दागोभीमा अल्झिएर हरायो अनि अर्को जुत्तो आलुका बीचमा बेपत्ता भयो । जुत्ता गुमाएपछि ऊ चार हात खुट्टा टेकेर दौडियो । दुर्भाग्यवस गुसबेरीको झ्यालमा नपरेको भए र आफ्नो ज्याकेटका ठूला बटनहरूले नअल्झाएको भए ऊ पूरै भाग्न सक्थ्यो । त्यो ज्याकेट पितलको बटन भएको नीलो ज्याकेट थियो एकदम नयाँ ।
पिटर गुजबेरीको जालमा अड्कियो । उसले पूरै हारेको अनुभव गर्दै रोएर आँसु बगायो । उसको रुवाइ केही भँगेराहरूले सुनेका थिए जो उत्साहपूर्वक पिटरतिर उडेर आए अनि उसलाई आफैं मिहिनेत गरेर उम्कन भने । म्याकग्रेगरले एउटा चाल्नी लिएर आयो जसलाई उसले पिटरको टाउकोमा फाल्ने उद्देश्य राखेको थियो तर पिटरले समयमै आफ्नो ज्याकेटलाई पछाडि छोडेर फुत्त बाहिर निस्कियो । अनि पिटर टुलसेडमा छिर्यो र क्यानमा हाम फाल्यो । धेरै पानी नभएको भए यो क्यानभित्र लुक्न गजब हुन्थ्यो ।
पिटर झाडीमुनि बेपत्तासँग हरायो तर अहिले केही नभएको बेला पारेर ऊ बाहिर निस्क्यो र एउटा पांग्रामा चढ्यो अनि माथितिर हेर्यो । उसले म्याकग्रेगरलाई प्याज गोड्दै गरेको देख्यो । उसको पिठ्युँ पिटरतिर फर्किएको थियो । पिटर चुपचाप हिृवलब्यारोबाट ओर्लियो र ब्लाकबेरीका झाडीहरूको पछाडि छिटो-छिटो हिँड्न थाल्यो ।
म्याकग्रेगरले पिटर कतै टुलसेडमा रहेको हुनसक्छ भन्ने ठान्यो । पिटर फूलदानीमुनि लुकेको थियो भन्ने कुरामा ऊ विश्वस्त थियो । उसले प्रत्येक चीजमुनि हेर्दै ध्यानपूर्वक तिनीहरूलाई पल्टाउन थाल्यो । पिटरले ठ्याक्क त्यही बेला हाछ्युँ गर्यो-‘केर्तिक्स्कु !’ भन्दै म्याकग्रेगर तुरुन्तै उसको पछि लाग्यो । अनि उसले आफ्नो खुट्टाले पिटरलाई दनक दिने कोसिस गर्दै झ्यालबाट हाम फाल्यो तर तीनवटा बोटबिरुवा भताभुंगमात्र बनायो । पिटरलाई भने केही गर्न सकेन । म्याकग्रेगरको लागि झ्याल एकदम सानो थियो र ऊ पिटरको पछि दौडदा थकित भयो । दिक्क भएर ऊ आफ्नो काममा फक्र्यो ।
पिटर आराम गर्न बस्यो, ऊ लामो सास फेर्दै थियो र डरले काँपिरहेको थियो । कुन बाटो भएर बाहिर निस्कने भन्ने उसलाई थाहा पनि थिएन । त्यो क्यानमा बस्दा पनि ऊ निकै ओसिलो चिसो भइसकेको थियो । केही समयपछि ऊ यताउता चारैतिर हेर्दै बिस्तारै घुम्न थाल्यो । उसले पर्खालमा एउटा ढोका भेट्टायो तर त्यहाँ ताला लगाइएको थियो र एउटा मोटो सानो खरायोका लागि खुम्चिने कुनै ठाउँ थिएन । एउटा काठमा आफ्नो परिवारका लागि केराउ र सिमी बोकेर एउटा बुढो मुसा ढुंगाको कापमा भित्र-बाहिर दौडिरहेको थियो ।
पिटरले त्यसलाई ढोकातिर जाने बाटो सोध्यो तर मुसाको मुखमा यति ठूलो केराउ थियो कि उसले जवाफ दिन सकेन । उसले टाउको मात्र हल्लायो । पिटर पूरै निरास भएर रुन थाल्यो । पिटरले व्हिलब्यारोबाट हेर्यो । त्यसपछि उसले सिधैं बगैंचामा आफ्नो बाटो खोज्ने कोसिस ग¥यो तर ऊ झनझन अलमलमा पर्यो । ऊ एउटा पोखरीमा पुग्यो जहाँ म्याकग्रेगरले आफ्नो पानीको क्यान भरेको थियो । त्यहाँ एउटा सेतो बिरालो सुनको माछालाई हेरिरहेको थियो, आफनो पुच्छरको टुप्पो जिउँदो छ जस्तो गर्दै शान्त भएर ऊ बसिरहेको थियो ।
पिटरले ऊसँग नबोलीकनै टाढा जानु नै राम्रो ठान्यो । उसले आफ्नो कजन भाइ बेन्जामिन बनीबाट त्यस बिरालाको बारेमा सुनेको थियो । उसले सिधैं बगैंचामा आफ्नो बाटो खोज्ने प्रयास गर्यो तर ऊ झन्झन् अलमलमा पर्यो । ऊ एउटा पोखरीमा पुग्यो जहाँ म्याकग्रेगरले आफ्नो पानीको क्यान भरिराखेको थियो । एउटा सेतो बिरालो सुनको माछालाई हेरिरहेको थियो ।
ऊ फेरि टुलसेडतिर फर्कियो तर अचानक एकदम नजिकै उसले एउटा आवाज सुन्यो स्क्यार्च, स्क्यार्च, स्क्यार्च ! पिटर झाडीमुनि बेपत्तासँग हरायो तर अहिले केही नभएको बेला पारेर ऊ बाहिर निस्क्यो र एउटा पांग्रामा चढ्यो अनि माथितिर हेर्यो । उसले म्याकग्रेगरलाई प्याज गोड्दै गरेको देख्यो । उसको पिठ्युँ पिटरतिर फर्किएको थियो । लगत्तै उसको पछाडि ढोका थियो । पिटर चुपचाप हिृवलब्यारोबाट ओर्लियो र ब्लाकबेरीका झाडीहरूको पछाडि छिटो-छिटो हिँड्न थाल्यो ।
म्याकग्रेगरले उसलाई कुनामा देख्यो तर पिटर चलाखीपूर्वक गेटमुनि लुसुक्क चिप्लियो र अन्ततः बगैंचा बाहिरको जंगलमा सुरक्षित भयो । म्याकग्रेगरले काला चराहरूलाई तर्साउने बुख्याँचाको रूपमा सानो ज्याकेट र जुत्ताहरू झुण्ड्यायो । पिटरले हिृलब्यारोबाट सावधानीपूर्वक चियाएर हेर्यो । पिटर पछाडि पल्याकपुलुक हेर्दै दौडेर ठूलो फरको रूखनेर पुग्यो । पिटर यति धेरै थाकेको थियो कि ऊ खरायो लुक्ने प्वालको भूइँमा नरम बालुवामा फस्यो र आफ्ना आँखा बन्द गर्यो । उनकी आमा खाना पकाउन व्यस्त हुनुहुन्थ्यो, उनी आफ्नो लुगामा पिटरले के गरेछ भनेर सोच्दै थिइन् ।
पिटरले पन्ध्र दिनभित्रैमा हराएको यो दोस्रो सानो ज्याकेट र जुत्ताको जोडी थियो । साँझको समयसम्म पिटरको अवस्था पटकै राम्रो थिएन । पिटरकी आमाले उसलाई ओछ्यानमा सुताइन् र केही क्यामोमाइल चिया बनाइन् । उनले पिटरलाई एक खुराक चिया खान दिइन् । ‘सुत्ने समयमा एक चम्चा फेरि खानुपर्छ है !’ तर फ्लोप्सी, मोप्सी र कटोनटेललाई रातको खानाका लागि रोटी, दूध र ब्ल्याकबेरीहरू तयार थिए । पिटरले पनि रोटी, दूध र ब्लाकबेरी मजासँग खाएर आनन्द मनायो । जे होस् ठूलो विपत्तीबाट पिटर यसपटक जोगियो । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच