काठमाडौ । सोफा हब काठमाडौंको स्कुटर उपहार चितवनका टिकाराम सापकोटाले जितेका छन् ।
सोफा हब काठमाडौंले शुक्रबार विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा सार्वजनिक गरेको दशैँ अफरको विजेता चितवनका सापकोटा बनेका हुन् ।
सोफा हबले आज काठमाडौंमा आयोजना गरेको उपहार सार्वजनिक कार्यक्रममा दशैँ तिहारमा विक्रि भएका ३०० भन्दा बढी सोफाको कुपनमार्फत किरोश धरेलले थुतेको चिठ्ठामार्फत सापकोटा विजेता बनेका हुन् ।
‘सोफा लिने भनेको सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ सञ्चालित सोफा हबमा रु ३० हजारभन्दा बढीको सोफा किन्ने भाग्यमानी एक विजेता सापकोटाले इभी स्कुटर जितेका हुन् ।
सोफा हबका प्रबन्ध निर्देशक एवम् युवा व्यवसायी तारालाल (हरि) धरेलले दशैँका ग्राहकलाई लक्षित गरेर चितवन र काठमाडौंको सोफा हबबाट सोफा किन्नेलाई उक्त स्कुटर प्रदान गरिएको जानकारी दिनुभयो ।
सोफा हबको काठमाडौंको सामाखुशी रेडनस्थित कोइराला मार्ट, गोठाटार हाईट र चितवनको लङ्कुमा आउटलेट रहेको छ । सञ्चालक धरेलले विगत ७ वर्षदेखि सञ्चालित सोबा हव अधिकाशं ग्राहकको रोजाईको केन्द्र बनेको बताउनुभयो ।
कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै कोइराला मार्ट, गोठाटार हाइट र चितवनको लंकुबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको धरेलले बताउनुभयो ।
५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोबा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत गरिदिँदै आएको छ । घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच