राप्रपा नेपालको केन्द्रीय समिति बैठक जारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राप्रपा नेपालकाे केन्द्रीय कार्य समितिको बैठक बसिरहेको छ ।

काठमाडौंमा जारी बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले संगठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने 'भ्रष्ट ब्यवस्थाको अन्त्य, संबैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माणू सम्बन्धि  राजनितिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत हुने संगठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत हुने आर्थिक प्रतिवेदन हिजो बसेको कार्य सम्पादन समितिको बैठकले परिमार्जनसहित अनुमोदन गरेको थियो ।

केन्द्रिय समिती बैठकबाट छलफल पश्चात्  मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयाे ।

दुई दिन सम्म संचालन हुने केन्द्रिय समिती बैठक भोलि  दिउँसो काठमाडौं उपत्यका भेला मार्फत् निर्णयहरु सार्वजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?