काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आइतबार काठमाडौंमा सम्पन्न ३७औँ वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०७९/०८० मा कुल चार अर्ब ९७ करोड सञ्चालन नाफा आर्जन गरेको बैंकको आम्दानी ४७ प्रतिशतले बढेर सात अर्ब आठ करोड रुपैयाँ पुगेको छ भने करपछिको नाफा ५३.६० प्रतिशतले बढेर तीन अर्ब ५० करोड पुगेको छ ।
समीक्षा अवधिमा बैंकको रिटर्न अन इक्विटी अघिल्लो आवमा १४.२५ प्रतिशत रहेकोमा दक्षता र निरन्तर फोकसबाट वृद्धि गरी २०.८० प्रतिशत कायम गर्न बैंक सफल भएको छ । गत आर्थिक वर्षमा बैंकले वितरण गरेको चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश विगत पाँच वर्षयताकै उच्च हो । अघिल्लो आवको तुलनामा भने २.५ प्रतिशत धेरै हो ।
सो अवसरमा बैंककी अध्यक्ष जरिन दारुवालाले निरन्तर सहयोग गर्ने सबै लगानीकर्ता, ग्राहक, नियामक, कर्मचारी र अन्य सरोकारवालालाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘जोखिम व्यवस्थापनको बलियो आधारशिलामा भएको हाम्रो फोकस र पुँजीलाई अप्टिमाइज गर्ने हाम्रो रणनीतिले बैंक सञ्चालनको इतिहासमा सबैभन्दा उच्च वित्तीय प्रतिफल दिन सफल भएका छौँ । सेयर होल्डरलाई उचित प्रतिफल दिनेगरी वित्तीय कार्यसम्पादन सुधारलाई हामी जारी राख्नेछौँ ।’
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा स्ट्याण्डर्ड चार्टर्ड समूहको ७०.२१ र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकले हालैमात्र नेपालमा सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय बैंकको हैसियतमा लगातार चौथो वर्ष वित्तीय दायित्व समयमै सेवा गर्ने सन्दर्भमा सबैभन्दा सुरक्षित क्रेडिट रेटिङ प्राप्त गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच