माओवादी लक्षित ओलीको टिप्पणी : सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले होइन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरोधीहरु एमालेसँग लड्न नसकेको बताउनुभएको छ ।

बिहीवार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्रतण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले बुधवार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भति पोलिरहेको बताउनु भयो ।

उहाँले एमालेको बिरोध गर्न गिरिबन्धु टि स्टेट भनेपनि गिरिबन्धु टि स्टेटको छानबिन गर्न चुनौति दिनुभयो । उहाँले कुनैपनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरु मुसिने दाबी गर्नुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै उहाँले सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा बिरोधीहरु हामीसँग लड्न सकिरहेका छैनन् । हिजो मैले पाल्र्यामेण्टमा अलिकति बोलेँ । त्यसले उनीहरुको मन भत्भत पोल्यो, खपि नसक्नु भयो । के गरौँ के गरौँ भनेर चिथोरौँ झैँ लाग्यो । तर भन्ने के भन्दा गिरबीबन्धु टि स्टेटको फाइल खोल्नुपर्छ, भनेर कराए आज संसदमा । खोल न त फाइल, खोल जेल जाउ, मैले भनिरहेको छु त । आफैँ खोल, आफैँ जाउ । हामी सार्वजनिक सम्पती छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा कहिल्यै लागेनौँ । त्यो बाटो कहिल्यै समाएनौँ । सुन तस्कर गर्ने, सुन गाल्ने पाँच वटा भाँडा, राष्ट्र बैंकसँग एउटा छ, पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी होइन । हामी देश बनाउने पार्टी हो । हिजो मैले बोलेको जवाफ छैन उनीहरुसँग । त्यसको जवाफमा गिरिबन्धु टि स्टेट । के गर्नुपर्छ, कुन फाइल खोल्नुपर्छ खोल, १० पटक खोल । तिनका नेताहरुले त्यही भनेको होला । गिरबन्धु टि स्टेट, यति, औम्नी भन । ति सबैकुरा उनीहरुले गराएका छन् । कमिसको चक्र उनीहरुले चलाएका छन् ।’

अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागिपरेपनि आफैँ परेपछि घटना सेलाएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?