
पाल्पा । पाल्पाको तानसेनस्थित कैलाशनगरमा वर्षौदेखि अलपत्र रहेको ‘श्रीनगर सांस्कृतिक डबली’ स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माणधिन डबली तानसेन नगर सरकारलाई हस्तान्तरण गरिएको हो ।
तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उक्त डबलीको साँचो नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । साँचो हस्तान्तरण गर्दै मुख्यमन्त्री चौधरीले तानसेनको कलासंस्कृति र पर्यटनको संरक्षण, प्रवद्र्धन गर्न स्थानीय सरकारलाई डबली हस्तान्तरण गरेको बताउनुभयो । उहाँले तानसेन आफैमा पर्यटकीयस्थल रहेकाले त्यसको विकास र विस्तारका लागि डबली महत्वपूर्ण हुुने विश्वास व्यक्त गर्नुभयो । चाँसो ग्रहण गर्दै नगर प्रमुख सन्तोषलाल श्रेष्ठले प्रदेश सरकारले दिएको जिम्मेवारीलाई स्थानीय सरकारले प्रथामिकताका साथ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रदेश सरकारका सभामुुख तुलराम घर्ती (बसन्त)ले डबलीको उचित किसिमले प्रयोग गरी यहाँका कला संस्कृति र पर्यटनको विकास गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य नारायणी शर्मा, लुम्बिनी प्रदेश सांसद एवं पूर्व मन्त्री वीरबहादुर राना, प्रदेश सांसद खेमबहादुर सारु लगायतले ठूलो लगानीमा संरचनाहरु निर्माण भएकाले सोही अनुसार त्यसको संरक्षण गरी आयआर्जन सँग जोड्नुपर्नेमा जोड दिनुभएको छ । प्रदेश खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद भण्डारीले रेखदेखको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारलाई दिए पनि प्रदेश सरकारबाट आवश्यक सहयोग रहने बताउनुभयो ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्यले २०७६ असार ८ गते सुुरु भई २०७९ असार ८ मा सम्पन्न गर्ने गरी काम भएकोमा बिचमा केही ढिलाई भएको बताउनुभयो । उहाँले डबली निर्माणका लागि ६ करोड ८२ लाख ५६ हजार खर्च भइसकेको जानकारी दिनुभयो । यहाँका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले यहाँ डबलीको निर्माण गरिएको हो । वर्षौैँदेखि अलपत्र डबली सम्पन्न गर्न भन्दै प्रदेश सरकारले पटक-पटकसम्म म्याद थप गरे पनि अझै पूर्णता भने पाएको छैन् । स्थानीय सरकारलाई हस्तान्तरण पछि डबली निर्माणले पूर्णता पाउनेमा भने धेरैले आशा गरेका छन् । समयमै डबली सम्पन्न नहुँदा स्थानीय निराश हुँदै आएका थिए । निर्माण कम्पनीको चरम लापरवाहीले डवली अलपत्र बन्दा समेत प्रदेश सरकारले प्रभावकारी ‘एक्सन’ लिन सकेको थिएन । लुम्बिनी प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले डबलीको शिलान्यास गर्नुभएको थिये । डबलीको स्वामित्व लिनका लागि नगर सरकारले पटक-पटक प्रयास गरे पनि त्यो सफल हुन सकेको थिएन । अहिले आएर मुख्यमन्त्री चौधरीले स्थानीय सरकारलाई हस्तान्तरण गर्न सफल हुनुभएको छ ।
डबलीमा स्टेज, हरियो दुवो सहितको दर्शक कक्ष, कलाकारहरुको चेन्जिङ्ग रुम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङ सहितको सुविधा रहेको छ । यहाँ ५ सय जना अट्ने क्षमता रहेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा तत्कालिन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको योजना अन्र्तगत डिभिजन वन कार्यालय पाल्पा मातहतबाट डबली निर्माण कार्य अगाडि बढेको थियो । जस अनुसार २०७६ असार ८ गते डबली निर्माणका लागि प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौंले भ्याट निर्माणको जिम्मा पाएको थियो । निर्माण कम्पनीले दुई पटक सम्म ६/६ महिना म्याद थप गरेर २०७९ असार ८ गते काम सम्पन्न गरेको दावी गरे पनि अझै केही काम बाँकी नै रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच