चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएको जानकारी दिनुभएको छ ।
सोमबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री तयार भएको र यसलाई प्रक्रियामा लगिसकेको बताउनु भयो ।
देशमा चिकित्सा शिक्षा ऐनका कारण आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएको भन्दै उहाँले यसको समाधानका लागि ऐन संशोधन गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिनुभयो ।
यो ऐनलाई संशोधन गरेर गुणस्तरीय शिक्षा र शुल्क निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने कुरा गर्नुपर्ने उहाँको भनाइ थियो।
अहिलेको शिक्षा नीति केही खुकुलो हुनुपर्नेमा उहाँको जोड थियो। सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पतालहरूलाई नर्सिङ र प्यारामेडिकस् पढाउन दिने र तीन सयभन्दा बढी शय्या भएका अस्पतालहरूलाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्न लागेको उहाँले जानकारी दिनुभयो। सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर मेडिकल शिक्षा सञ्चालन गरिने मन्त्री बस्नेतले बताउनु भयो ।
कानुन बनाएर गुणस्तरीय शिक्षा र शुल्क निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने उहाँको भनाइ छ ।
मन्त्री बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रकृयाबाट सरकार पछि नहट्ने बताउनु भयो ।
स्वास्थ्यमन्त्री बस्नेतले सोमबार भरतपुर अस्पततालको प्रसूती विभाग अन्तर्गत निर्माण गरिएको ‘वर्थिङ युनिट’ उद्घाटन गर्नुभएको छ ।
अस्पतालमा प्राकृतिक रुपमा बच्चालाई जन्म दिने उद्देश्यले सुविधा सम्पन्न वर्थिङ युनिट सञ्चालनमा ल्याइएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच