राजविराज बसपार्क निर्माण कार्य अझै अधुरै

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 4 mins

राजविराज । जग्गाको स्वामित्व विवादका कारण पटकपटक अवरुद्ध हुँदै आएको राजविराज बसपार्क निर्माण कार्य अझै पूर्ण हुन सकेको छैन ।

तीन पटकसम्म असफल भई चौथो पटक शिलान्यास गरिएको बसपार्क सरोकारवाला निकायको उदासिनताका कारण बसपार्क निर्माणको काम अझै अधुरै छ । जसको कारण राजविराजको रुपनी रोड, गजेन्द्र चोक, दशन चोक, कुनौली मोड, राममन्दिर मोड र सखडा रोड लगायत स्थानमा अहिले लामो तथा छोटो दूरीका सवारीसाधन पार्किङ भइरहेका छन् । ती चोकका सडकमा बसपार्क बनाइएका कारण बजारमा हिँड्ने सर्वसाधारणलाई हिँडडुल गर्नसमेत समस्या हुने गरेको छ ।

राजविराजको रुपनी रोडदेखि तेतरी गाछी सम्म करिब तीन किलोमिटर सडकमा ठूला बस तथा सानो गाडी पार्किङ बस, माइक्रोबस र टेम्पो पार्किङ गरेर यात्रु चढाउने ओराल्ने कार्यले समेत दुर्घटना हुनसक्ने सम्भावना बढाएको छ । वर्षौ देखि पसल अगाडि सडकमै सवारीसाधन राखिँदा राजविराज बजारको ट्राफिक अस्तव्यस्त देखिनुको साथै ध्वनि प्रदूषणको कारण मानव स्वास्थ्यमा असर पु-याएको र नगरको सौन्दर्यता पनि गुम्दै गएको स्थानीय व्यापारीहरूको भनाई छ ।

पछिल्लो पटक राजविराज बसपार्क निर्माण २०७४ पुस १६ गते सम्झौता भए पछि २०७७ साल पुस १८ गत भित्र बसपार्क निर्माण गरिसक्नु पर्ने थियो ।

सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार पाँच सय १९ रुपैयाँमा काठमाडौंको कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालिले बसपार्क निर्माणको ठेक्का लिएको थियो । गत चैत १५ गते भित्र पानी, विजुली, शौचालय र टिकट काउण्टरमा सिसा ढोका लगायतका पूर्वाधारका काम सकिने र २०८० बैशाख १ गते नयाँ वर्षको प्रारम्भको दिन राजविराज बसपार्क सञ्चालनमा ल्याइने भनेर हल्ला समेत गरियो जबकी निर्माण कम्पनीले तीन पटक म्याद थप्दा पनि हाल सम्म ८५ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले पहिलोपटक बसपार्कको शिलान्यास गरेका थिए भने त्यस पछि ०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन वलीले बसपार्कको शिलान्यास थिए । त्यसैगरी २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र २०७४ सालमा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले संयुक्त रूपमा बसपार्कको शिलान्यास गर्नुभएकाे थियाे।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?