हलेसीमा पहिचानवादीले निकाले राँके जुलुस

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङको हलेसीमा पहिचानवादी पक्षधरहरुले राँके जुलुस निकालेको छ । सोमबार साँझ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माल्खु ग्यारेज टोलबाट ट्राफिक चोक–डाँडाबजार हुँदै हलेसी मन्दिरको प्राङगणसम्म राँके जुलुस निकालेको हो ।

राँके जुलुस हलेसी मन्दिर प्राङगणमा पुगेर कोणसभामा परिणत भएको थियो ।

करीव १०० जना पहिचानवादी युवाहरुको सहभागितामा राँके जुलुस निकालिएको पहिचानवादी युवा परिचालन समिति संयोजक निर्मल राईले जानकारी दिनुभयो ।

१७ फागुणमा प्रदेश नं। १ सरकारको प्रदेशसभाले प्रदेशको नाम कोसी प्रदेश राखेपछि प्रदेशभरी चरणवद्ध आन्दोलन गरिरहेको प्रदेश नं।१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले भोली मंगलबार उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्दको आव्हान यसअघि नै गरिसकेको छ ।

भोली नै ‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा नेकपा एमाले अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ओखलढुंगाको हर्कपुर आउनुहुने कार्यक्रम छ । त्यसपछि ओली खोटाङ आएर एक रात बसेर भोजपुर जाने कार्यक्रम तय भएको छ ।

एमाले अध्यक्ष ओलीले पहिचानको आन्दोलन विरुद्ध विष वमन गरेकाले हर्कपुर आउनमा अवरोध गर्ने र खोटाङ छिर्न नदिने गत मंसिर २१ गते दिक्तेलमा पत्रकार सम्मलेन गरेर पहिचान पक्षधरहरुले जानकारी दिईसकेको छ । त्यसैको दबाब स्वरुप अघिल्लो दिन पहिचान पक्षधरहरुले राँके जुलुस निकालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?