धनगढी । सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)को समूह ‘डी’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । यसअघि समूह ‘सी’बाट घोडाघोडी क्रिकेट एकेडेमी, समूह ‘बी’बाट युथ अफ टीकापुर सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
सोमबार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गर्यो । सत्यवती एकेडेमीले दिएको १२७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९ दशमलब १ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनायो । एक्सिलेन्स सेन्टरको ब्याटिङमा अर्जुन घर्तीले सर्वाधिक ३४ रन बनाउनुभयो । सचिन लेखकले १९, मनोज यादवले १७ तथा राजकुमार शाहले १३ रन बनाउनुभयो ।
सत्यवती एकेडेमीको बलिङमा फिर्दोश अन्सारी र तृतराज दासले २-२ विकेट लिनुभयो । अभिषेक कोइराला, सन्तोष कार्की, रञ्जित कुमार र सन्दीप क्षेत्रीले १-१ विकेट लिनुभयो । यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनायो ।
सत्यवतीका लागि कप्तान सन्तोष कार्कीले सर्वाधिक ४८ रन बनाउनुभयो । ओपनिङ गर्नुभएका उहाँले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गर्नुभयो । इमरान शेख र सुजन गौतमले समान २१ रन बनाउनुभयो । क्रिकेट एक्सिलेन्स सेन्टरका अभिनाश बस्यालले २ तथा मनोज यादव, दयानन्द मण्डल र मोन्सन सिंहले १-१ विकेट लिनुभयो ।
यस्तै, अर्को खेलमा आयोजक लिटल फ्लावर स्कुलले गरुडा नगरपालिकालाई ५७ रनले पराजित गर्यो । जितका बाबजुद समूह ‘सी’को उपविजेता लिटल फ्लावर सेमिफाइनल प्रवेश गर्न असफल रहृयो । तीनवटै खेलमा जितका साथ समूह ‘सी’को विजेताका रूपमा घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो खेलमा कैलाली जिल्ला क्रिकेट क्लब र शुक्लाफाँटा ब्ल्याकबक्स तथा दोस्रो खेलमा शारदा सेकेण्डरी स्कुल र धनगढी क्रिकेट एकेडेमीबीच खेल हुनेछ । लिटल फ्लावर स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच