लिम्बू भाषामा ‘आखेन नुमा तरेमे’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । लिम्बू भाषाको गीत ‘आखेन नुमा तरेमे’ सार्वजनिक भएको छ । आन्छुमे नसानको शब्द, जेपी नेम्बाङ र पुष्पा लिम्बूको स्वर, जेपीकै संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किशोर सुब्बाले निर्देशन गरेको यो गीतको भिडियोको सम्पूर्ण छायांकन न्युयोर्क अमेरिकाको वियर माउन्टेन र आइलेन्ड र ज्याक्सन हाइटमा गरिएको हो ।

प्रेमकथामा आधारित यो गीतको भिडियोमा सुमन थाम्सुहाङ र सम्झना लावुङको मुख्य अभिनय छ भने साथमा विजेता लिम्बू विनर र सम्राट कार्की हुनुहुन्छ ।

सम्राट कार्कीको छायांकन रहेको भिडियोमा प्रवीण ढकालको सम्पादन छ । ब्याकग्राउण्ड मिक्सिङ मनि तामलिङले गरेको गीतको भिडियोलाई जेपिजे इन्टरटेनमेन्ट न्युयोर्कले निर्माण गरेको छ भने हेल्लो अमेरिका टिमको प्रस्तुति रहेको छ । हेल्लो अमेरिका टिमले अहिले ‘हेल्लो अमेरिका’, ‘आजको विशेष’, ‘घुयत्रो’, ‘चनमती’ लगायतका कार्यक्रम निर्माण र प्रसारण गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?