पाल्पामा बिहे भोज खाएर विरामी पर्नेको संख्या एक सय ८० पुग्यो

तस्वीर : पाल्पाको चिर्तुङ्गधारामा विरामीको अवस्था बुुझ्दै स्वास्थ्यकर्मी ।

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पाल्पाको एक गाउँमा बिहेको भोज खाएपछि एक सय ८० जना विरामी भएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा शनिबार बिहे भोज खाएका यहाँका एकै गाउँका एक सय ३५ जना र व्यूूठानबाट जन्ती आएका ४५ जना गरी एक सय ८० जना व्यक्ति विरामी परेका हुन् ।

चिर्तुङधाराका दानबहादुर गाहाको छोरीको बिहेमा गएर भोज खाएका बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० भन्दा बढी व्यक्ति बिरामी परेका छन् । उनीहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनेलगायतका समस्या देखिएको छ ।
अधिकांशलाई स्थानीय स्वास्थ्यचौकीबाट औषधि उपचार गरे पनि ठिक नभएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पुु¥याइएको थियो । कतिपयले आइतबार खप्न सकिन्छ कि भन्ने भएपनि सोमबार भने अधिकांश बिरामी आत्तिएर अस्पताल पुगेका थिए । मिसन अस्पतालका अनुसार सोमबार २२ जना बिरामी उपचारका लागि आएका थिए ।

मंगलबार पुनः १२ विरामी अस्पताल पुगे । तिमध्ये ५ जनालाई भर्ना लिएर उपचार गर्नु परेको छ । अस्पतालका प्रमुुख प्रशासकिय अधिकृत जीवन भट्टराईका अनुसार अन्य बिरामी खतरामुक्त भएपछि घर पठाइएको छ । बिहे भएको घरमा गएर भोज खाने प्रायः सबै बिरामी परेकाले समस्या आएको वडाध्यक्ष शेरबहादुर रानाले बताउनुुभयो । ‘कतिपय घरमै सहेर, खटाएर पनि बसेका छन्,’ उहाँले भन्नुुभयो, ‘घरका प्रायः सबैजसो बिरामी भएको अवस्था छ । कतिपयले सहनै नसक्ने भएपछि मात्र बिरामीहरु अस्पताल गएका हुन् ।’ के कारणले ‘फुड पोइजन’ भयो भन्ने अनुमानसमेत गर्न नसकेकिएको वडाध्यक्ष रानाले बताउनुुभयो । भोजमा खाएको खाना नै बिषाक्त हुन सक्ने अनुमान गरिएको छ । शनिबार साझाँदेखि स्थानीयहरु विरामी हुन थाले पनि आइतबार,सोमबार र मंगलबार मात्र उनीहरु उपचारका लागि अस्पताल पुुगेका थिए ।

घरमा रहेका १ सय १ जना विरामीलाई भने गाउँपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले उपचार र परामर्श दिएको छ । मंगलबार मिसन अस्पतालका डा. राजीव रावल सहितको स्वास्थ्यकर्मीले घर–घरमा पुगेर विरामीहरुको चेक जाँच गरी आवश्यक औषधी दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुुभयो । के कारणले ‘फुड पोइजन’ भयो भन्ने अनुमानसमेत गर्न नसकेकिएको प्रमुख अधिकारीले बताउनुुभयो । उहाँले भन्नुुभयने‘पानी र भोजमा खाएका खाने कुराको नमूना संकलन गरी ल्याव टेस्टको लागि सम्बन्धित निकायमा पठाइएको र रिपोर्ट आएपछि मात्र विरामी पर्नुको कारण पत्ता लाग्ने छ ।’ प्रारम्भीक अध्ययनमा पानीका कारण झाडापखाला भएको हुन सक्ने अधिकारीले बताउनुुभयो । बिरामीहरुलाई प्राथमिक उपचार गरी स्लाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको छ ।

विरामीहरु मध्ये ३८ जना पुुरुष र ६३ जना महिला रहेका छन् । जसमा १८ वर्ष भन्दा मुनिका १७ जना, ५ वर्ष मुनिका १ जना, १८ वर्षका १७ जना र १८ वर्ष भन्दा माथिका ६६ जना रहेका छन् । बिहेमा झण्डै ४ सय निम्तालु आएको बुुझिएको छ । प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती आएका थिए । जन्ती आएका एकै गाउँका ४५ जना पनि बिरामी परेका छन् । बेहुला बेहुलीसहित ४५ जना बिरामी भएका हुन् । प्युठान अस्पतालका अनुसार अहिले अधिकशको अवस्था समान्य रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?