नयाँ टिभिएस एनटर्क १२५ रेस एक्स पी

Read Time = 2 mins

काठमाडौं । टिभिएस मोटरको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्स पी सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार एक कार्यक्रमबीच टिभिएसका ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्स पीको अनावरण गर्नुभएको थियो ।

जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारले उद्घाटन गर्नुभएको कार्यक्रममा कलाकार उषा उप्रेती, विपिन श्रेष्ठ, प्रताप दास र रचना रिमालको पनि उपस्थिति रहेको थियो । लन्च कार्यक्रमसँगै कम्पनीले एक्सचेन्ज मेला पनि आयोजना गरेको छ । कात्तिक ५ गतेसम्म सञ्चालन हुने एक्सचेन्ज मेलामा ग्राहकले कुनै पनि ब्राण्डका पुराना बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहार पाउनेछन् । पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुईपांग्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा सात हजार रुपैयाँ बढीको मूल्य पाउनुका साथै नकिन्दै एक लाख र किन्दा १० लाखसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ । योजनामा फाइनान्स अफर पनि समावेश छ ।

कम्पनीका अनुसार युवालक्षित गरेर डिजाइन गरिएको एनटर्क स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरले मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइट्नेस एड्जस्टमेन्ट र डिएनडीलगायत अन्य थुप्रै कनेक्टिभिटी फंसन प्रयोग गर्न सक्नेछन् । जसले गर्दा राइडरले ड्राइभ गर्दागर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइसमार्फत् आवाजकै भरमा विभिन्न सेटिङ कन्ट्रोल गर्न सक्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?