काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबिएनएल सेक्युरिटिज सोमबारदेखि सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच उक्त कम्पनीको उद्घाटन गरी टिएमएसमार्फत् धितोपत्र खरिद सेवाको शुभारम्भ गर्नुभएको हो ।
अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यावसायिक सफलताको कामना गर्दै धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत कम्पनीले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा कम्पनी उदाहरणीय हुने बताउनुभयो । सो अवसरमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका सञ्चालकलगायत बैंक उच्च व्यवस्थापन तहका कर्मचारीको उपस्थिति रहेको थियो ।
नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारका लागि इजाजत प्राप्त कम्पनीको कारोबार स्थान काठमाडौंको नयाँ बानेश्वरस्थित शंखमूलमार्ग र नेपाल स्टक एक्सचेञ्जको धितोपत्र दलाल सदस्य नम्बर ८९ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच