यू-१९ एशिया कप : समूह विजेता हुँदै सेमिफाइनल पुगे भारत र पाकिस्तान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसीसी यू-१९ एशिया कप अन्तर्गत समुह ए बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार सम्पन्न समुह चरणका अन्तिम खेलपछि पाकिस्तान समुह विजेता हुँदै र भारत उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।

पाकिस्तानले समुह चरणमा अपराजित रहदै तिनै खेल जितेको छ । पाकिस्तानले नेपाललाई ७ विकेटले, भारतलाई ८ विकेटले र अफगानिस्तानलाई ८३ रनले पराजित गर्दै तिनै खेल जितेको थियो ।

त्यस्तै गरि उपविजेता बनेको भारतले भने ३ मध्ये २ खेलमा जित हासिल गरेको थियो । भारतले अफगानिस्तानलाई ७ विकेटले र नेपाललाई १० विकेटले पराजित गरेको थियो भने पाकिस्तानसँग हार बेहोरेको थियो ।

त्यस्तै समुह ए बाट अफगानिस्तान र नेपाल भने बाहिरिएका छन् । अफगानिस्तानले ३ मध्ये एक खेलमा जित हासिल गर्दै समुहमा तेस्रो भयो भने नेपालले आफ्ना तिनै खेलमा हार व्यहोरेको थियो ।

अब बुधबार समुह बि का समुह चरणका खेलपछि सेमिफाइनलको समीकरण टुंगिने छ । समुह बि मा बंगलादेशले २ खेल जितेर ४ अंक हासिल गरेको छ भने श्रीलंका र युएईले एक एक खेल जितेर २-२ अंक हासिल गरेका छन् । बुधबार आयोजक समेत रहेको युएईले जापानसँग र बंगलादेशले श्रीलंकासँग खेल्दै छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?