हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट सँगै जोडिएको उत्तरी नाम्खा गाउँपालिकाले ल्होसार पर्वको लागि सार्वजनिक विदा दिएका छन् । बौद्ध धर्मलम्बीहरुको सोनाम ल्होसार पर्व आज बुधबारबाट सुरु भएकाले उत्तरी नाम्खा गाउँपालिकाले मङ्सिर २७ र २८ गते सार्वजनिक विदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर शाहीले बताउनुभयो ।
नाम्खा गाउँपालिकाको वडा १ देखि ६ सम्म लामा समुदायका नागरीक बसोबास गर्दै आएकाले सोनाम ल्होसार २१५१ को अवसरमा सार्वजनिक विदा दिइएको निमित्त अधिकृत शाहीले बताउनुभयो । मङ्सिर १४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । विदा अवधिभर नाम्खम गाउँपालिकामा रहेका सम्पूर्ण सार्वजनिक निकायहरुबाट सेवा प्रवाह नहुने गरी सार्वजनिक विदा दिइएको गाउँपालिकाले जनाएको छ ।
यस्तै सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले समेत आजको दिन सार्वजनिक विदा दिएको छ । सिमकोट गाउँपालिकाको वडा १,३ र ४ मा लामा समुदायको बसोवास हुँदै आएकाले बुधबार सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष शुसिला रोकाया(भाम) ले बताउनुभयो । सार्वजनिक बिदामा गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य तथा शिक्षण संस्था पूर्ण रूपमा बन्द रहने भएको कार्यवाह अध्यक्ष रोकायाले बताउनुभयो ।
हुम्लामा बसोवास गर्दै आएका हुम्ली भोटे तथा लामा समुदायहरुको ठुलो चार्ड सोनाम ल्होसार आजबाट सुरु भएको छ । लामा समुदायहरु एक आपसमा जम्मा भइ मिठो मसिनो एक आपसमा बाडी खाने सद्भाव रहि आएको छ । उनिहरुले ल्होसारको समयमा नयाँ कपडाका साथै पुराना धातुका पहिरन पहिरिएर रमाईलो गर्ने गर्दछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच