![जलवायु परिवर्तनसम्बन्धी खोज-अनुसन्धान गर्न प्रधानमन्त्री दाहालको आग्रह](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/prachanda-7.jpg)
काठमाडौं । रिलायन्स इन्टरनेशनल स्कुल कपनले ‘शान्ता’ उपन्यासमाथि समीक्षात्मक कार्यक्रम आयोजन गरेको छ । कार्यक्रमको पहिलो चरणमा एक सयभन्दा बढी विद्यार्थीहरूले ‘शान्ता’ उपन्यासको अंग्रेजी संस्करण अध्ययन गरी प्रतियोगितामा भाग लिएका थिए । अन्तिम चरणमा सातजना विद्यार्थीहरूले बुधबार विशेष कार्यक्रममा समीक्षात्मक प्रस्तुति गरेका थिए । प्रतियोगितात्मक प्रस्तुतिमा ऋचा पौडेल प्रथम र अन्य स्थान हासिल गर्नेहरूमा युगीन नेपाल, अस्मिता निरौला, चारु चौलागाईं, आयुषा देउजा, प्रतीक कार्की र अर्पणा चौधरी रहनुभएको थियो ।
संस्थापक प्रिन्सिपल खेम भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तकका लेखक यस दैनिकका प्रधान सम्पादक प्राध्यापक पुरुषोत्तम दाहालले शान्ता उपन्यासको लेखन, यसभित्रका अन्तरवस्तु र कथानकता बारे विद्यार्थीका जिज्ञाषासहित मन्तव्य प्रकट गर्नुभएको थियो । शान्ता उपन्यासकी मूल पात्र शान्ताले आफूले कलेजो दान गर्दा जीवनको सार्थकता अनुभव गरेको बताउनु हुँदै सत्कर्मको प्रेरणा विषयमा विद्यार्थीहरूका प्रश्नहरूको उत्तर दिनुभएको थियो ।
पुरस्कृत विद्यार्थीहरूलाई रिलायन्स इन्टरनेसल एजुकेसन नेटवर्कका अध्यक्ष तथा कलेजका प्रिन्सिपल रवीन्द्रजंग थापा, विओडी राजु शिवाकोटी, प्रिन्सिपल खेम भुसालले पुरस्कार प्रदान गर्नुभएको थियो । सहभागी विद्यार्थीहरूले शान्ताको योगदान दधिची, बोधिसत्व र नमोबुद्धसँग तुलना गर्दै कृतिले मानवतावादलाई सम्पोषण गरेको टिप्पणी गरेका थिए । सहायक प्रिन्सिपल दामोदर निरौला र घनश्याम कडरियाले विद्यार्थीहरूको प्रस्तुतिको समीक्षात्मक मूल्यांकन गर्नुभएको थियो । अभिव्यक्तिका लागि शिक्षिका पुष्पा गुरुङ र कार्यक्रमको सहजीकरण छात्रा काजोल पण्डितले गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिको आसनबाट अध्यक्ष थापाले पठन संस्कृतिको विकास गर्न विद्यार्थीहरूलाई प्रत्येक महिना नयाँ पुस्तकमाथि समीक्षा गर्न लगाउने काम विगत दश वर्षदेखि निरन्तर रिलायन्स एकेडेमीले गर्दै आएको जानकारी दिनुभएको थियो ।
शान्ता उपन्यासको पहिलो र दोस्रो नेपालीभाषाको संस्करण २०७० सालमा र अंग्रेजी संस्करण २०७५ मा प्रकाशित भएको थियो । यो कृति कलेजो दानसँग सम्बद्ध रहेको छ । लेखक दाहालका अनुसार कृतिबाट जम्मा भएको रकमको प्राप्त व्याजबाट कलेजो क्यान्सर भएका विपन्न महिला र अवस्था अनुरूप विपन्नहरूलाई उपचारार्थ योगदान गर्दै आएको र हाल यसको खर्च नहुने गरी जम्मा भएको मूल कोषमा एघार लाख रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच