
बाँके । बाँकेमा बोलेरोको ठक्करबाट एकजना प्रहरीको मृत्यु भएको छ भने अन्य एक जना प्रहरी घाइते भएका छन् ।
विहिवार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोक नजिकै अनियन्त्रित हुँदा भे १ च ३४०७ नम्वरको बोलेरो गाडीले ठक्कर दिँदा एक जना प्रहरी जवान र प्रहरी सहायक हवल्दार गम्भिर घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारको लागी लगिएको थियो । उपचारका क्रममा रुकुम पश्चिम मुसीकोट घर भई कोहलपुरमा कार्यरत ३२ वर्षिय प्रहरी जवान विशाल वलीको मृत्यु भएको छ भने बर्दिया बाँसगढि नगरपालिका ५ घर भई कोहलपुरमा कार्यरत ३२ वर्षिय प्रहरी सहायक हवल्दार लालबहादुर बुढा क्षेत्रीको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेमा सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको बाँकेका प्रहरी प्रवक्ता डाँगीले जानकारी दिनुभयो ।
सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समेत जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच