काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण छुट्नु भएको छ ।
सम्पत्ति शुद्धीकरण विभागपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पुर्याइएका खाँणलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो ।
खाँण छुटिसकेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनुभयो ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खाँणलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
पूर्वगृहमन्त्री खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गर्नुभएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाँणलाई उच्च अदालत पाटनले बिहीबार ३० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।
काठमाडौं जिल्ला अदालतमा धरौटीबापतको रकम बुझाएपछि खाँणलाई त्यसपछि सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार पुर्याइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच