एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो ।

स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने छ । शनिबार करिब १८ जनाले आफ्ना कुरा राखेको बताइएको छ ।

आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकालिने छ ।

शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे सदस्यहरूले धारणा राखेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?