काठमाडौं । एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीको सुविधाका लागि थप एक एटिएम सञ्चालनमा ल्याएको छ । त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थानस्थल तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा एटिएम सञ्चालनमा ल्याइसकेको छ ।
साथै बैंकले रामबजार, पकाडी, सुरुंगा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलंगवा, बौनिया, जितपुर सिमरा, धुलाबारी र फूलबारीमा पनि एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले हाल देशभर दुई सय एक शाखा, एक सय ६६ एटिएम, १२ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच