राजसंस्था र हिन्दु राष्ट्रको माग राख्नु असंवैधानिक होइन भन्ने मान्यता स्थापित गराउन सफल भयौं : अध्यक्ष लिङदेन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको दाबी गर्नुभएको छ ।

आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कार्य समिति बैठकको उद्घाटन गर्दै उहाँले नेपालका राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनस्थापना र संघीयताको खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको बताउनुभएको हो ।

अध्यक्ष लिङदेनले निर्वाचन आयोगसँग कडा प्रतिवाद गरेपछि पार्टीको विधानमा पनि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको मागलाई स्थापित गराउन सफलता हात परेको पनि बताउनु भयो । उहाँले आफ्नो पार्टीलाई नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रुपमा स्थापित गराउने काम समेत भएको बताउनु भयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘गएका निर्वाचनहरुमा फेरी पनि भन्छु-अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि उकालो यात्रा प्रारम्भ गर्‍यो । अव राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा उपेक्षा गर्न नसकिने र अग्रगतितर्फ गइराखेको शक्तिको रुपमा स्थापित गर्न सफल भयौं । अब यति मात्रै पर्याप्त छैन । र, हामीले गर्नुपर्ने थुप्रै कामहरु छन । हाम्रा थुप्रै जिम्मेवारीहरु छन । जसलाई हामीले आगामी दिनमा पूरा गर्नुपर्नेछ । हामीले यही बीचमा पार्टीलाई संस्थागत गर्ने, मजदुत बनाउने क्रममा लामो समयदेखि हामीले ब्यहोरी राखेका आन्तरिक समस्या भनेको यसलाई जसरी यो संविधानको मूलभुत मान्यतासँग फरक दृष्टिकोण राख्ने पार्टीको रुपमा हामीले हाम्रो आन्तरिक विधानमा राखेपनि वैधानिक रुपमा निर्वाचन आयोगमा जाँदाखेरी राजसंस्था, हिन्दु राष्ट्र र संघीयता सम्बन्धि हाम्रो अवधारणामा निर्वाचन आयोगमा हामीले विधि पुर्‍याउनका लागि हामीले बाहिर प्रचारमा ल्याएको विषयलाई परिवर्तन गरेर पेश गर्नुपर्ने अथवा निर्वाचन आयोग आफैले हटाई दिने जस्ता जो समस्याहरु थियो । तर अहिले महाधिवेशनपछि त्यही प्रकारको प्रयास निर्वाचन आयोगले गर्‍यो । तर हामीले दृढतापूर्वक त्यसको प्रतिवाद गर्‍यौं । र, आजको दिनमा निर्वाचन आयोगसँग लामो समयदेखि रहेको हाम्रो समस्याको समाधान भएको छ । र, नेपालमा राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनस्थापनाको कुरा गर्नु, संघीयताको खारेजीको कुरा गर्नु र त्यो उद्देश्य राखेर पार्टी स्थापना गर्नु र त्यो उद्देश्य अनुरुपको विधान निर्माण गर्नु अव असंवैधानिक होइन भन्ने कुरा स्थापित गर्न हामी सफल भएका छौं ।’

अध्यक्ष लिङदेनले विगतमा निर्वाचनमा अपेक्षा अनुसार परिणाम हात नपारेपनि आफ्नो पार्टीले अग्रमगनको बाटो तय गर्दै अघि बढेको दोहोर्‍याउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?