
काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आयोगमा दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ ।
आयोगको आज बसेको वैठकबाट माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न १२ राजनीतिक दलहरू दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव शालीकराम पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार यसरी दर्ता भएका दलहरुका लागि संवत् २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिन्ह प्रदान गरिएको हो ।
आयेगले दिएको चिन्ह अनुासर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को सूर्य पहिलो नम्बरमा रहँदा नेपाली काँग्रेसको रुख दोस्रो नम्बारमा रहेको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को गोलाकारभित्र हँसिया हथौडा चिन्ह तेस्रो नम्मरमा रहेको छ भने अन्य क्रमसराष्ट्रिय प्रजातन्त्र पार्टी ९हलो०, जनता समाजवादी पार्टी, नेपाल (ढल्केको छाता),जनमत पार्टी (लाउड स्पिकर) नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० ९कलम०,नागरिक उन्मुक्ति पार्टी (सादा ढकिया) लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९साइकल० नेपाल मजदुर किसान पार्टी (मादल),राष्ट्रिय जनमोर्चा (गिलास) र नेपाल समाजवादी पार्टीलाई खुलेको एक आँखा चुनाव चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा रहेका ५९ मध्ये आगामी फागुन २० गते एक तिहाई सांसदको पदावधि सकिँदैछ । संविधानत यसरी पदावधि सकिनु ३५ दिनअघिनै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ । कानूनको यहि व्यवस्थाका कारण सरकारले माघ ११ गते निर्वाचन गर्ने निर्णय यसअघिनै गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच