अपाङ्गता लक्षित शिविर संचालन  

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले अपाङता भएका नागरिकहरुका लागि अपाङता परिचयपत्र बितरण तथा स्वास्थ्य शिविर संचालन गरेको छ ।

गाउँपालिकाले अपाङता रोकथाम तथा पुनस्थापना समितिको निर्णय अनुसार पालिका भित्रका ६ वटै वडामा परिचय पत्र बितरण तथा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार गाउँपालिकाको वडा नम्वर १ श्यामशिलामा मंगलवार परिचय पत्र बितरणका साथै स्वास्थ्य शिविर संचालन गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङका अनुसार शिविरमा ११ वटा नयाँ अपाङता परिचय पत्र बितरण गरिएको छ भने ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

पालिकाले अपाङता भएका नागरिकहरुका लागि सहजरुपमा सेवा दिनका वडा तहबाट नै परिचयपत्र बितरण हुने ब्यवस्था मिलाएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । वडा तहमा संचालन भएका शिविरहरुले गाउँपालिकाको केन्द्रसम्म परिचयपत्र बनाउन जानु पर्ने झन्झटको समेत अन्त्य गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताउनुभयो । उहाँले पौष २४ गतेबाट सुरु भएको परिचय पत्र बितरण तथा स्वास्थ्य शिविर आगामी माघ २ गतेसम्म वडागतरुपमा संचालन हुन जानकारी दिनुभयो ।

गाउँपालिका भित्र श्यामशिला, तिवारीभञ्ज्याङ, च्याङग्रे, बास्तिम, सानोदुम्मा र ठुलोदुम्मा गरी ६ वटा वडाहरु रहेका छन । आफनै वडामा नै परिचयपत्र बनाउन र स्वास्थ्य परीक्षण गराउन पाउँदा अपाङता नागरिकहरु समेत खुशी देखिनु भएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?