काठमाडौं । अरहान्तकेशर सिंह र विपना ब्लोन एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० मा च्याम्पियन बन्नुभएको छ । सातदोबाटोमा भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर एक अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ६-११, ११-७, ११-४ र ११-८ ले पराजित गर्नुभयो । अरहान्तको खेलजीवनको यो १४औँ एकल उपाधि भएको छ । महिला एकल फाइनलमा विपना ब्लोनले वृmष्णा थापालाई चार सेटमै ११-८, ८-११, ११-६ र १३-११ ले हराउनुभयो ।
यसैगरी यू-१९ गल्र्समा साक्षी सुनुवारले फाइनलमा रेनेसा महर्जनलाई सिधा सेटमा ११-२, ११-१ र ११-२ ले हराएर च्याम्पियन बन्नुभयो । सो स्पर्धाको ब्वाइज फाइनलमा विकास तुम्सिङ मगरले पासाङ ब्लोनलाई चार सेटमा ११-७, १२-१४, ११-६ र ११-४ ले पाखा लगाउनुभयो ।
यसैगरी मास्टर्स ५० वर्षमाथि छविलाल पाइजा पुन प्रज्ज्वल प्रधानलाई ३-१ सेटमा र प्लेट च्याम्पियनसिपमा पासाङ ब्लोनले दिव्यराज बज्राचार्यलाई सोझो सेटमा ३-० ले हराएर च्याम्पियन हुनुभयो ।
नेपाल स्क्वास ¥योकेट्स संघ स्थापनाको ३५ वर्ष पुगेकोे अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वासको आयोजना भएको हो । प्रतियोगितामा विजयी खेलाडीहरूलाई एक्स स्टेपले पुरस्कार प्रायोजन गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच